चक्कू प्रहारबाट किशोरको मृत्यू


दैलेख : चक्कू प्रहार गरी दैलेखमा एक जनाको मृत्यू भएको छ । चक्कू प्रहारबाट घाइते भएका दुल्लू अस्पतालमा उपचारको क्रममा दुल्लू नगरपालिका-४ शान्तिबजारका १६ वर्षीय प्रकाश खनालको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले जानकारी दिनुभयो ।
फुटबल खेलेर फर्किदै गरेका खनाललाई दाहिने कोखाबाट अगाडि पेटतिर निस्कने गरी चक्कू प्रहार गरी भागेका दुई जना दुल्लू नगरपालिका-१० गमौडीका १९ वर्षीय मुकुन्द शाही र १९ वर्षकै विभूषण शाहीलाई प्रहरीले घटनास्थलबाट करिव १० किलोमीटर टाढा चामुण्डाको जंगलबाट नियन्त्रणमा लिएको छ ।
एउटै किशोरीलाई दुई जनाले मन पराएको विषयमा चक्कू प्रहार भएको प्रारम्भिक जानकारी आएको छ । प्रत्यक्षदर्शीका अनुसार प्रकाश खनालसंग कुनै कुराकानी समेत नगरी मुकुन्दले एक्कासी ढाडतिरबाट चक्कू प्रहार गरे लगतै पैदल जंगलतिर भागे थिए ।

