बढ्यो नेपाल प्रहरीको रासन रकम

काठमाडौं : सरकारले नेपाल प्रहरीको रासन रकम बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको रासन रकम फागुन १ देखि लागू हुने गरी वृद्धि गर्ने निर्णय गरेको सरकार प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।
‘मिति २०८२ फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषदका निर्णय सुनाउँदै उनले भने । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रासन रकम वृद्धि गर्ने निर्णय गरेको हो । तर, कति रकम वृद्धि गरिएको भन्नेबारे जानकारी गराइएको छैन ।


