Loading... आजः सोमवार, माघ २७, २०८२
Trending

दुर्गम गाउँका बस्ती जोड्न झुलुङ्गे पुल निर्माण हुदै

दैलेख : दुर्गम बस्तीका स्थानीयलाई सहज आवतजावतको सुविधा उपलब्ध गराउने उद्देश्यले दैलेख जिल्लामा आर्थिक बर्ष २०८२/०८३मा १० वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । कर्णाली प्रदेश सरकारको ४ करोड ९९ लाख ५५ हजार ६ सय ४१ रुपैयाँ लागतमा पूर्वाधार विकास कार्यालय दैलेख मातहत ग्रामीण विकास सेवा केन्द्रको सामाजिक तथा प्राविधिक सहयोगमा निर्वाचन क्षेत्र नः १ मा तीन वटा र निर्वाचन क्षेत्र नः २ मा सात वटा झुुलुङ्गे पुल निर्माण गर्न लागिएको छ । पुर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख प्रविण कार्कीका अनुसार निर्वाचन क्षेत्र नः १मा मलुका हितगल्छि झुुलुङ्गे पुल भगवतीमाई गाउँपालिका ५, खडाखेत झुुलुङ्गे पुल डुगेश्वर गाउँपालिका–१ र चित्रेकुनाखोला झुुलुङ्गे पुल डुगेश्वर गाउँपालिका–६मा पुल निर्माण सुरु भएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नः २ मा ध्यापगोढीखोला झुुलुङ्गे पुल निर्माण ठाटिकाँध गाउँपालिका–३ गोटीखोला झुुलुङ्गे निर्माण ,मुथीगाउँ खोलीबजार झुुलुङ्गे पुल, वालाखोला झुुलुङ्गे पुल निर्माण ठाँटिकाँध गाउँपालिका –५ हुकानेखोलागोर्खे झुुलुङ्गे पुल निर्माण . आठविस नगरपालिका–९,सियाला देउलीसिम झुुलुङ्गे पुल निर्माण ठाँटिकाँध गाउँपालिका–६ र चौडजोगी ढुंगा निमायल झुुलुङ्गे पुल आठबिस नगरपालिका–३ मा पुल निर्माण गर्न लागिएको छ ।

पूर्वाधार विकास कार्यालय दैलेखका कार्यालय प्रमुख प्रविण कार्कीले दशवठा पुल निर्माण हुने झुलेङ्गे पुल निर्माणका लागी उपभोक्ता समिति निर्माण गरी उनीहरुलाई आवश्यक सिप विकास तालीम समेत संचालन गरिएको बताउनुभयो । उहाँले दश वटा झुुलुङ्गे पुल निर्माण समितिका अध्यक्ष,कोषध्यक्ष,दक्षमिस्त्रीहरुलाई झोलुङ्गे पुल बनाउने तरिका र प्रयोग हुने सामानहरुको प्रयोगात्मक अभ्यास समेत गरिएको बताउनुभयो । उहाँले भन्नुभयो असार १५ गते सम्म सम्पन्न हुने गरी काम सुरु गरिएको छ ।

ग्रामीण विकास सेवा केन्द्रका कार्यक्रम संयोजक नबिन कुमार शर्माले उपभोक्ता समितिका पदाधिकारी,मिस्त्रीलाई झोलुङ्गे पुलका लागि प्रयोग हुने फुटवाक, ह्याण्डमेल स्याडल फलामे लठ्ठा, फलामे लठ्ठा अड्याउन माटो भएकोतिर डेटमेन र ढुङ्गाको चट्टान भेटिएकोतिर ड्रम सेट लठ्ठा बाधेर अड्याउने, लठ्ठा बाँधेर डेटमेन र ड्रम जमिनको सतहमा राखी माथिपट्टि ढुङ्गाको पर्खाल कसरी लगाउने भन्ने विषयमा सिकाइएको बताउनुभयो । उहाँले पुल निर्माणका लागी आवश्यक सामाग्रीको ठेक्का पूर्वाधार विकास कार्यालयले खोली सकेको बताउँदै सबै स्थानमा पुल निर्माणका लागी काम सुरु गरिसकेको बताउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशका सुर्खेत,जाजरकोट,दैलेखका विभिन्न स्थानमा गरी तीन सय भन्दा बढि पुल निर्माण सम्पन्न गरिसकेको छ ।

विवादका कारण दुई ठाउँमा निर्माणाधिन पुलहरु बिवादकै कारण रोकीएको पूर्वाधा विकास कार्यालय प्रमुख कार्कीले बताउनुभयो । उहाँले डुग्ोश्वर गाउँपालिका–३ नाईकाटाकुरा झुलुगे पुल र वडिल्ला झुलुगे पुल विवकादका कारण र नौमुले गाउँपालिकामा निर्माण सुरु गरिएको पुलको बजेट सुनिश्चित नभएका कारण पुल बन्न नसकेको उहाँको भनाइछ ।