Loading... आजः शुक्रबार, पुस २५, २०८२
Trending

दैलेखमा एक लाख ६१ हजार मतदाता


दैलेख  :  आगामी फागुन २१ हुने प्रतिनिधि सभाको निर्वाचनमा दैलेख जिल्लाका दुई वटा निर्वाचन क्षेत्रका कुल मतदाता संख्या एक लाख ६१ हजार २०४ रहेको छ । जिल्ला निर्वाचजन कार्यालयले दिएको जानकारी अनुसार एकासी हजार ९९ पुरुष मतदाता र असी हजार १०५ महिला मतदाता गरी एक लाख ६१ हजार २०४ मतदाता कायम भएका छन ।

निर्वाचन अधिकारी नर बहादुर सलामीका अनुसार हालको मतदाता संख्या अघिल्लो निर्वाचनको तुलनामा २ हजार २४६ ले बढेको हो । उहाँका अनुसार २०७९ सालको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कुल एक लाख ५८ हजार ९५८ मतदाता रहेका थिए । \

अघिल्लो निर्वाचनको तथ्याङ्कअनुसार दैलेखका दुई निर्वाचन क्षेत्रबाट जम्मा करिब ८६ हजार ३०७ मत खसेको थियो ।दैलेख निर्वाचन क्षेत्र नः १ मा करिब ४१ हजार ८२१ र दैलेख निर्वाचन क्षेत्र नः २ मा करिब ४४ हजार ४८६ मत खसेको थियो ।

निर्वाचन अधिकारी सलामीले हाल निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा कारागारमा रहेका कैदीबन्दीको विवरण संकलन कार्य भइरहेको जानकारी दिनुभयोे । उहाँले जिल्लाभर १३९ मतदान स्थल र २०८ मतदान केन्द्र निर्धारण गरिएको बताउनुभयो । ।

निर्वाचन आयोगको निर्देशनअनुसार मतदाता नामावली अद्यावधिक, मतदान स्थलको व्यवस्थापन तथा निर्वाचन सामग्री तयारीलाई पनि तीव्रता दिइएको कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार यसपटक मतदाता संख्या बढ्नुमा नयाँ मतदाताको नाम दर्ता, उमेर पुगेका युवाको सहभागिता र नामावली अद्यावधिक प्रक्रिया मुख्य कारण रहेको छ ।