Loading... आजः शनिबार, बैशाख १९, २०८३
Trending

बलात्कार कसूरमा १० वर्ष कैद


दैलेख  :   १७ वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ का २४ वर्षीय पदमबहादुर बिकलाई दैलेख जिल्ला अदालतले १० वर्ष कैद र पाँच लाख रुपैंयाँ जरिवाना गरेको छ । जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट बुधबार उक्त सजाय भएको सूचना अधिकारी नासु गणेशप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

२०८१ वैशाख १३ गते ललाईफकाई गरेको बलात्कारबाट गर्भ रहन गएको जनाउदै पीडित पक्षले २०८१ कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको थियो । उजुरी लगतै अदालतको अनुमती लिई सुरक्षित गर्भ पतन गराई मुद्दाको अनुसन्धान थालिएको थियो ।

प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकील कार्यालयले दैलेख जिल्ला अदालतमा ०८१ मंसिर ४ गते जबरजस्ती करण घटनाको अभियोग दर्ता गराएको थियो । त्यही दिन जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेकै इजलासबाट पुर्पक्षका लागि दैलेख कारागारमा थुनामा पठाइएको थियो ।