Loading... आजः सोमवार, जेष्ठ ११, २०८३
Trending

आमसञ्चार विधेयक प्रदेश सभामा टेबुल

सुर्खेत :   कर्णाली आमसञ्चार तथा सूचना प्रविधि विधेयक प्रदेश सभामा टेबुल भएको छ । आइतबार बसेको छैटौँ अधिवेशनको २६ औँ बैठकमा सरकारका तर्फबाट सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले टेबुल गरेका हुन ।

सरकारले प्रदेशभित्र स्थापना भएका र सञ्चालनमा रहेका सञ्चार माध्यमको दर्ता, अभिलेखीकरण, नवीकरण, नियमन तथा स्वतन्त्र, निष्पक्ष, मर्यादित र जवाफदेही सञ्चार माध्यम र आमसञ्चार तथा सूचना प्रविधिको क्षेत्रको विकास प्रवर्धन र सञ्चार क्षेत्रमा क्रियाशील जनशक्तिको व्यावसायिकता अभिवृद्धि गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न आवश्यक रहेकाले विधेयक ल्याइएको बताइएको छ ।