जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्नेच्युडको भूकम्प
जाजरकोट : जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ५।५ म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्पविद् डा शिव सुवेदीका अनुसार राति ८ बजेर ७ मिनेटमा ५।२ र ८ बजेर १० मिनेटमा ५।५ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु जाजरकोटको पैंक आसपास रहेको छ । भूकम्पबाट पुगेको क्षतिबारे कुनै जानकारी आइसकेको छैन ।
यसैबीच जाजरकोट भूकम्पका कारण डोल्पा, रुकुम,दैलेख लगायत जिल्लामा पनि धक्का महसुस गरिएको छ । राति ८ बजेर १० मिनेट र ११ मिनेट जाँदा लगातार दुई पटक डोल्पामा भूकम्प गएपछि नागरिक त्रसित भएका स्थानीयले बताएका छन ।