परीक्षा मर्यादित बनाउन केन्द्राध्यक्षलाई निर्देशन
कमल शर्मा
दैलेख : माध्यामिक शिक्षा परीक्षा(एसइई)लाई मर्यादित बनाउन केन्द्राध्यक्षलाई निर्देशन दिएको छ । चैत ७ गते बाट हुने माध्यामिक शिक्षा परीक्षाका केन्द्राध्यक्षलाई अभिमुखीकरण गर्दै परीक्षालाई मर्यादित र ब्यवस्थीत रुपमा संचालन गर्न निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी नवराज जैसीले परीक्षालाई मर्यााति बनाउँन सबै भन्दा जिम्मेवार केन्द्राध्यक्ष हुने भएकाले परीक्षा मर्याादित बनाउन निर्देशन दिए । उनले माध्यामिक शिक्षा परीक्षा ब्यबस्थीत र मर्याादित बनाएर नमुनाका रुपमा परीक्षा सक्न निर्देशन दिए । उनले भने परीक्षामा कुनै पनि खालको बदमासी गरेको खण्डमा तत्काल कार्वाहीको भागेदार हुनु पर्ने भएकाले केन्द्राध्यक्षले ध्यान दिनुहोला ।
परीक्षा केन्द्रमा कसैले पनि पास लिएर जाने, वा अनुगमन गर्ने क्रममा समेत परीक्षाभित्र पसेर बालबालिकालाई भय हुने खालको वाताबरण कसैले नबाउन सम्बन्धित निकायलाई समेत आग्रह गरे । पत्रकार,अन्य सरोकारवाला निकायलाई समेत परीक्षा भित्र प्रवेश गर्न नदिनका लागी केन्द्राध्यक्षले भुमिका खेल्नु पर्ने र कसैलाई परीक्षाभित्र जान दिनु अगाडी प्रशासन संग समन्वय गर्नु पर्ने उनको भनाइछ ।
जिल्ला समन्वय समितिका प्रुमुख तथा जिल्ला शिक्षा समितिका सभापति नमराज शाहीले परीक्षालाई मर्यादित र ब्यबस्थीत बनाउँन केन्द्राध्यक्षहरुको भुमिका महत्वपूर्ण भएको बताँदै परीक्षाका केन्द्रमा कुनै पनि बिवाद आउन नदिनका लागी सबै सरोकारवाला निकाय संग समन्वय गरेर अगाढी बढ्न केन्द्राध्यक्ष लाग्नु पर्ने बताए । उनले भने परीक्षाको केन्द्र सम्म कुनै पनि अभिभावक वा कसैलाई पनि जान नदिनका लागी सुरक्षा निकायले समेत त्यसको सहजीकरण गर्नुपर्नेहुन्छ ।
दैलेख जिल्लामा २७ वटा माध्यामिक शिक्षा परीक्षाका केन्द्र निर्धारण समेत गरिएको छ । परीक्षामा साधारण तर्फ छात्र दुई हजार ९५ र छात्रा दुई हजार ४०९ नौ जना परीक्षार्थी छन । प्राविधिक धार तर्फ छात्रा १९६ जना र छात्र १०१ जना रहेका छन । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रमेश बहादुर मल्लले नियमित तर्फ चार हजार सात सय,ग्रेडबृद्धि तर्फ एक हजार ४९६ गरी जम्मा छ हजार एक सय ९६ जना परीक्षार्थी सहभाागी हुदैछन । गत वर्ष भन्दा यो वर्ष माध्यामिक शिक्षा परीक्षा दिने नियमित तर्फ पाँच सय विद्यार्थी कम भएको शिक्षा विकास तथा समन्वय इकाईले जानकारी दिएको छ ।