Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

३७ वर्ष सम्म निर्माण हुन सकेन गिताचौर–रावतकोट सिचाई आयोजना


कमल शर्मा
दैलेख : तत्कालीन गाउँ विकास समिति (रावतकोट,वडालम्जी,भैरीकालीकाथुम,बाँसी,रानीवनका) किसानहरुलाई सिचाई सुविधा पु¥याउने उद्देश्यले ३७ वर्ष अधि सुरु गरिएको गिताचौर –रावतकोट सिचाई आयोजना निर्माण सम्पन्न हुन सकेको छैन । २०२२ साल बाट सुरु गरी २०४४ साल (२२) बर्ष लामो बिस्तृत सर्बेक्षण पश्चात आठ सय ३२ घरधुरीको चार सय ३५ हेक्टर जनिममा सिचाई पु¥याउने उद्देश्यले सुरु गरिएको आयोजना संघिय सरकारले बजेट बिनियोजन कम गर्ने, उपभोक्ता समितिले श्रमदान नगर्ने, र ठेकेदारले काम नगर्ने समस्याका कारण ३७ वर्ष अघि सुरु भएको आयोजना निर्माण हुन सकेको छैन ।

३७ वर्षअघि ६ करोड ३१ लाख लागतमा बनाईन लागेको सिचाई आयोजनामा अहिलेसम्म धन्नै ५ करोड रकम खर्च भईसकेको खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय दैलेखले जनाएको छ । खानेपानी सिचाई तथा उर्जा विकास कार्यालय दैलेखका प्रमुख टोपेन्द्र सुन्दर मल्लले संघिय सरकारले बजेट बिनियोेजन गर्दा कम गर्ने र उपभोक्ताहरु श्रमदान गर्न समस्या मान्ने गरेका कारण आयोजना निर्माण सम्पन्न हुन नसकेको बताए । उनले यो आर्थिक बर्षमा आएको ८० लाख बजेटमा चार किलोमिटर सिचाई कुलो निर्माण गरी पानी संचालन गरिएको बताए । उनले तत्कालीन समयमा गरिएको सर्वेक्षण र त्यसैका आधारमा निर्माण गरिएको प्राविधिक स्टमेटले आयोजना निर्माण हुन नसक्ने भन्दै त्यसका लागी पुन प्राविधिक स्टमेट तयार गरी बजेट बिनियोजन गरेको खण्डमा आयोजना निर्माण गर्न सकिने बताए । उनका अनुसार तत्कालीन समयमा निर्माण जिल्लामा लिएका निर्माण कम्पनीले काम नगरेका कारण आयोजनाले गति लिन सकेन ।

निर्माण कम्पनीले बनाएको सिचाई कुलोको संरचना भत्कीएर पुरानै अबस्थामा आएको छ । निर्माण सम्बद्ध पक्षले सिंचाईका लागि पर्याप्त पानी नभएको, उपभोक्ताको असहयोग, माओवादी द्धन्द्धको कारण जनाउदै बिच बिचमा आयोजनाको निर्माण कार्य रोकेको थियो । सुरुका वर्षमा पानीको स्रोत नपुग्ने भन्दै सिंचाई कार्यालयले सवा दुई करोडको काम बिचैमा रद्द गरेको थियो । कामै सम्पन्न नगरि बजेट सिध्याउनलाई उपभोक्ता समिति र ठेकेदारहरुले उपभोक्ताले सहयोग नगरेको कारण देखाएपछि करिव ६ वर्ष काम उक्त आयोजनामा बजेट बिनियोजन भएको थिएन ।

तत्कालिन सिंचाई कार्यालयले २०४७ सालमा पुनःटेण्डर आव्हान गरि काम सुचारु गर्न निर्माण कम्पनीलाई जिम्मा दिएको थियो । यस अवधिमा कार्यालयका प्राविधिक र निर्माणकर्ता बिचको मिलेमतो कारण आधा काम गरी सम्पन्न भएको फरफारक गरि प्रतिवेदन बुझाँउने र रकम भुक्तानी लिने गरेको कारण आयोजना निर्माण सम्पन्न हुन नसकेको स्थानीयले बताएका छन । आयोजनाको प्रारम्भिक चरणका कामै नगरि २०४९ देखि २०५६ सालसम्म २ करोड ९७ लाख खर्च भैसकेको जनाईएको छ ।

आयोजनाप्रति समुदायको अपनत्व बढाउने नीतिअनुसार स्थानीयले शेयर लगानी गर्नुपर्ने कार्यालयले प्रस्ताव गरेपछि २०५५ सालमा रावतकोटका बासिन्दाले एक लाख धरौटी उठाएर बैँकमा राखेको भएपनि अहिले त्यो रकम कहाँ छ भन्ने एकिन हुन नसकेको तत्कालीन आयोजनाका अध्यक्ष तिलक प्रसाद रिजालले जानकारी दिए । उनले गिताचौर–रावतकोट सिचाई आयोजना निर्माण सम्पन्न गर्न तीन ठाउँमा तीन वटा ठेकेदारले निर्माणको जिम्मा लिएपनि उनीहरुको लापारबाहीका कारण आयोजना निर्माण हुन नसकको बताए । सिचाई कुलो निर्माणको अन्तीम तयारी थियो । साइफण्ड जडान गरी पानी पास हुन नसकेपछि त्यो आयोजना निर्माण हुन सकेन रिजालले भने ।

तत्कालीन जिल्ला विकास समितिको समन्वयमा दैलेख जिल्लाका ५५ गाउँविकास समितिका अध्यक्ष र उपाध्यक्षहरुलाई बोलाएर श्रमदान गरिएको अध्यक्ष रिजालले बताए । २०४४ साल देखी पहिलो स्व टिकाराम बिष्ट,दोस्रो खड्क बहादुर थापा र तेस्रोमा तिलक रिजाल अध्यक्ष भएर काम ग¥यौ । पछिल्लो मेरो कार्यकालमा आयोजना निर्माणले गति लिएको भएपनि ठेकेदारले नै विभिन्न कारण देखाएर काम नगरेपछि आफुले नागरिकहरुलाई लगाएर आयोजना निर्माणको कही काम गरेको थिए । तत्कालीन खानेपानी कार्यालयले काम गरेको रकम भुक्तानी नदिएपछि सर्बोच्च अदालतमा मुद्धा पुगेको र सर्बोच्च अदालतले समेत कार्यादेश नलिएर काम गरेको भन्दै कार्यालयले पैसा नर्तिनु पर्ने निर्णय गरेपछि अध्यक्षको हैसियतले ३२ लाख ८० हजार रकम कामदारको आफुले ब्यक्तिगत तिरेको उनको भनाईछ ।

आठ सय नागरिकलाई सिचाई सुविधा पु¥याउने उद्देश्यले आयोजना सुरु गरेको र आफ्नो समेत रकम कामदारलाई दिनु परेको भन्दै भैरवी गाउँपालिकामा निबेदन र आयोजनाका सम्पुर्ण विवरण पेश गरेको भएपनि गाउँपालिकाले समेत बजेट अभाव देखाउँदै पन्छीएको रिजालले बताए । उनले भने तत्कालीन गाउँपालिका अध्यक्ष प्रेम बुढालाई आयोजना निर्माणका लागी बजेट ब्यबस्थापन गर्न आग्रह गर्दा सुनुवाई भएन ।

भैरवी गाउँपालिकाका –१ का आशाराम थापाले आफुहरुको उपभोक्ता समितिले ८० लाख को काम गरेपछि चार किलोमिटर सम्म पानी ल्याउन सफल भएको बताए । उनले पहिला बनाएको सिचाई कुलो केही सडक हान्दा भत्कीएको र केही पहिरो गएर भत्कीएका कारण चार किलोमिटर सम्म मात्र पानी संचालन गरिएको बताए । गिताचौर–रावतकोट सिचाई आयोजना निर्माण हुने र सिचाई सुविधा पाउने त्यहाका नागरिकको आशमा तुसारापात भएको छ । भैरवी गाउँपालिका –१ का श्याम महताराले भने हाम्रो बाजे,बुवाले आयोजना निर्माण भई सिचाई गरौँला भन्ने आशमा प्राण त्याग गर्नु प¥यौ हामीले पनि देख्न र त्यसको प्रयोग गर्न पाउँन मुस्कीलछ ।