Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

रित्तिँदै पहाडका बस्ती, बढ्दै कृषि योग्य बाँझो जमिन

कमल शर्मा

दैलेख :  जिल्लाको भगवतीमाई गाउँपालिका –२ (साबिक रुम गाविसको वडा नः ७) मा एक दशक अघि ४० घर थिए । ४० घर भएको गाउँमा अहिले ७ घर परिवार मात्र बस्ती छ । ३३ घर परिवार विभिन्न रोजगारीका लागी बसाई सरी अन्य तराईका विभिन्न स्थानमा गएका छन् । हाम्रो वडामा मात्र गाउँका अधिकांश घर परिवार तराई झरिसकेका छन् भगवतीमाई गाउँपालिका –२ का खड्क शर्माले भने पुराना घर जीर्ण भइसकेका छन् भने अधिकांश कृषि योग्य जमिन बाँझै रहँदै आएका छन् । आफन्त मात्र होइन गाउँका दाजु भाइ समेत तराई सरेपछि गाउँ रित्तो भएको छ शर्माले थपे गाउँका सबै घर खण्डहर भनेका छन् ।
भगवतीमाई गाउँपालिका –२ का मात्र होइन पालिकाका अधिकांश बस्तीहरू बसाई सर्ने क्रममा रोकिएको छैन । पहाडी क्षेत्रमा उब्जाउ कम हुने र कमाई गर्ने स्रोत नहुने र सधैँ काला पहाड जानु पर्ने बाध्यताका कारण यहाँका धेरै बासिन्दा तराई झर्ने गरेको स्थानीयले बताएका छन् । भगवतीमाई गाउँपालिका –४ का खेमराज थापाले भने रोजगारी भएका र रोजगारीका लागी विभिन्न देश गएका परिवार तराई झरिसकेका छन् । जसले गर्दा गाउँ रित्ता भइसकेका छन् भने गाउँमा सामान्य काम पर्दा समेत नागरिक जम्मा हुन कठिन अवस्था छ ।

भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले युवा तथा नागरिकलाई रोजगारीमा जोड्न गाउँपालिकाले विभिन्न कृषिका कार्यक्रम सञ्चालन गरेको भए पनि नागरिकहरू बसाई सर्ने क्रममा नरोकिएको बताए । उनले भने पहिलो सडक थिएन,स्वास्थ्यका पूर्वाधार निर्माण भएका थिएनन्,शिक्षाको अवस्था पनि त्यस्तै थियो त्यही बेला बस्ती सर्ने कुरा स्वाभाविक भए पनि अहिले स्थानीय सरकार गठन भएपछि गाउँमा धेरै परिवर्तन भए पनि नागरिकहरू गाउँ छा्ेडनेको सङ्ख्यामा कमी आउन सकेन ।

स्थानीय सरकारले जनताका पक्षमा काम गरिरहेको बताए पनि नागरिकले अपेक्षा गरेको विकास नहुनु,रोजगारीका अवसर प्राप्त नहुनु, रोजगारीमा आफन्त खोज्ने अवस्थाका कारण नागरिकहरू बसाई सर्ने गरेको ज्वाला माध्यमिक विद्यालयका शिक्षक कमल अधिकारीले बताए । उनले अहिले त धेरै गाउँ रित्ता भएका छन्,गाउँका अधिकांश मैदानी फाँटहरू बाझोमा परिणत भएका छन् । उनले भने उच्च शिक्षा अध्ययनका लागि पनि तराईमा सुविधा हुने गरेकाले पहाडका मानिस जसरी भए पनि तराई जाने होडमा रहेका छन् । पहाडी क्षेत्रको शिक्षा,स्वास्थ्य खानेपानी,रोजगारी जस्ता आधारभूत कुराहरूको विकास र सम्भावनाको खोजी गर्ने तर्फ कसैको ध्यान नगएका कारण पहाड रित्तिने अवस्थामा पुगेको उनको भनाइछ । विगतमा विद्यालयमा भर्ना हुने दर र अहिले भर्ना हुने दर धेरै फरक परेको जनता माध्यामकि विद्यालयका प्रधानाध्यापक तेज बहादुर शाहीले बताए । उनले भने हिजो विद्यार्थी भर्ना धेरै हुने पूर्वाधार अभावले एक कोठामा राखेर पढाउनु पर्ने अवस्था थियो । अहिले पूर्वाधार निर्माण भएका छन् तर विद्यार्थी कम छन् ।

बसाई सराइले बढ्यो कृषि योग्य बाँझो जमिन
दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका मात्र नभएर ११ स्थानीय तह बाट नागरिकहरू बसाई सर्ने थालेपछि कृषि योग्य बाँझो जमिन छोड्ने क्रममा बढेको पाइएको छ । जिल्ला कृषि विकास कार्यालय दैलेखले दिएका जानकारी अनुसार दैलेखमा ४३ हजार १२१ हेक्टर खेती योग्य जमिन मध्ये आठ हजार ६२४ हेक्टर जमिन बाझो रहेको छ । जिल्ला कृषि विकास कार्यालय दैलेखका कृषि अर्थबिज्ञ झलक भण्डारीले कर्णाली प्रदेश सरकारले बाँझो जग्गा राख्न नपाईने नीति नै लिए पनि यहाँका अधिकांश नागरिक बसाई सरी बाह्य गएपछि खेती योग्य जमिन नै बाँझो रहेको बताए ।

उले जिल्लाका कृषि,ऊर्जा,पूर्वाधार विकास कार्यालयले बर्सेनि सिचाई कुलोहरू धमाधम निर्माण गरिरहेको भए पनि नागरिकहरू सिचाई अभाव देखाउने,उत्पादन कम भएको भन्दै बस्ती सर्ने गरेको बताए । उनका अनुसार विदेशमा दुःख पाएका नागरिक स्वदेशमा र्फिकएर कृषिमा पेसामा लागेको भए पनि यहाँ बसेका नागरिकले गाउँ छाडेपछि कृषि पेसामा लागेका युवाहरू समेत निराश हुने गरेको बताए । कृषकले उत्पादन गरेको तरकारीको बजारीकरणको समस्या समेत देखिएका कारण स्थानीय तहले कृषकले उत्पादन गरेको बस्तुको समेत बजारीकरणको लागी पहल गर्नु पर्ने उनको भनाइछ ।

कृषि अनुदानमा पहुँचवालको मात्र रजाइँ हुने गरेको भन्ने आम नागरिकको जनगुनासो आएपछि कृषि विकास कार्यालयले फिल्डमा नै गएर अनुगमन पश्चात् कृषि अनुदान दिएर कृषकलाई प्रोत्साहन गर्ने गरेको कृषि अर्थबिज्ञ भण्डारीको भनाइछ । पहाडी क्षेत्रमा आयआर्जन गर्न सकिने खालका कार्यक्रम, स्थानीय तह र प्रदेश सरकारले कार्यक्रम ल्याउने र त्यसका लागी आवश्यक प्रविधि,जलवायु अनुकूलन खेती प्रणाली अवलम्बन गर्न सकेको खण्डमा पहाडका बस्तीलाई रोक्ने सकिने नागरिकहरू बताउँछ । नारायण नगरपालिकाका उप प्रमुख तप्ता कुमारी थापाले कृर्षी पेसा गरिरहेको किसानको पहिचान गरी उनीहरूलाई जलवायु अनुकूलित खेती पद्धतिका लागी सिकाई गर्न तीनै तहका सरकारले आवश्यक नीति निर्माण गर्नु पर्ने बताइन ।
संस्कृति हराउने खतरा
सेवा सुविधा सँगै रोजगारीका लागी नागरिकहरू बाह्य बस्ती समस्याका कारण गाउँमा रहेका संस्कृति समेत हराउँदै जाने खतरा रहेका स्थानीय बताउँछ । गाउँमा मनाइने चाडपर्वमा पहिला गाउँभरि हर्षोल्लास हुने र गाउँमा रहेका संस्कृतिको प्रदर्शन गर्ने गरिएको भए पनि पछिल्लो समय नागरिकहरू बसाई सर्ने समस्याले संस्कृति समेत हराउँदै जाने भगवतीमाई गाउँपालिका –१का पूर्व वडाध्यक्ष मान बहादुर बुढाले बताए । उनले भने गाउँमा दोहोरी,रत्यौली,पैचेरी,गर्रा,सिँगारु नाँच,कृष्णाष्टमी मेला लगायतका थुप्रै संस्कृति रहे पनि अहिले धेरै संस्कृति हराउँदै गएका छन् ।