कर्णालीका नवनियुक्त मन्त्री विनोदकुमार शाहले लिए शपथ
सुर्खेत : कर्णाली प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका एमाले सांसद विनोदकुमार शाहले शपथ लिएका छन । बुधबार उनलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाएका छन ।
शाहले यसअघि उक्त मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गरेका थिए । केही समय सम्म मुख्यमन्त्री कडेलले शाहलाई मन्त्रीका रुपमा नियुक्तलाई निरन्तरता दिएपनि शाह नआएपछि उक्त मन्त्रालय आफै संग राखेका थिए । शाह कडेल बिच सहमती भएपछि शाहलाई उक्त मन्त्रालयको जिम्मेवारी दिएर सपथ खाएका छन ।