Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु


सुुर्खेत  :   कर्णाली प्रदेशमा विगत चारवर्षमा आगलागीबाट ५५ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आगलागीकै कारण ६७ करोड ९७ लाख ३२ हजार बराबरको क्षति भएको छ ।
उक्त तथ्याङ्कअनुसार मुगुमा रु ३१ करोड २८ लाख ४४ हजार बराबरको क्षति भएको छ । त्यस्तै, जुम्लामा रु ११ करोड ६६ लाख ४७ हजार बराबरको क्षति भएको छ । कर्णालीमा आर्थिक वर्ष २०७७–०७८, ०७८–०७९, ०७९–०८०, र चालु आवको चैत मसान्तसम्म आगलागीमा परी ६७ जना घाइते भएका छन् । आगलागीमा परी सबैभन्दा बढी मानवीय क्षति कालीकोटमा भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए ।

ओलीका अनुसार कालीकोटमा १३ जना, डोल्पामा आठ जना, सल्यानमा सात, सुर्खेत र जुम्लामा छ–छ जना, दैलेखमा पाँच, मुगुमा चार, जाजरकोट, रुकुमपश्चिम र हुम्लामा दुई–दुई जनाको मृत्यु भएको छ । दुई सय ७८ घर परिवार विस्थापित भएका छन् । तीन सय ५८ वटा पशुचौपायाको क्षति भएको छ ।
चार वर्षमा सबैभन्दा बढी जुम्लामा एक सय २३ घर परिवार विस्थापित भएका छन् । सल्यानमा ४०, जाजरकोटमा ३३, कालीकोटमा ३१, रुकुम पश्चिममा २५, सुर्खेतमा २०, दैलेखमा चार, हुम्लामा दुई घर परिवार विस्थापित भएका हुन् । साभार रातोपाटी