Loading... आजः आइतवार, जेष्ठ ६, २०८१
Trending

जनताका पक्षमा काम नगरेको भन्दै विरोध प्रदर्शन


दैलेख  :  जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका विरुद्ध चार राजनीतिक दलले विरोध प्रदर्शन गरेका छन् । नगर प्रमुख गणेश बहादुर शाहीले आफ खसी निर्णय गर्ने र जनताका लागी सङ्घीय सरकार र प्रदेश सरकार बाट आएको बजेट समेत काम गर्न नदिएर रकम फ्रिज फाल्ने काम गरेको भन्दै नेकपा (एमाले) नेकपा माओवादी केन्द्र नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध प्रदर्शन गरेका हुन ।
नेकपा एमाले चामुण्डाबिन्द्रासैनी नगर कमिटीका अध्यक्ष रङ्ग बहादुर तामाङले स्थानीय सरकार जनताको घर आँगनको सरकार भए पनि आफ खसी निर्णय गर्ने र जनताका पक्षमा काम नगर्ने गरेका कारण आफूहरूले विरोध प्रदर्शन गरेको बताए ।

उनले नगर प्रमुखले १९ वटा विद्यालय गाभ्ने निर्णय गरेको,शिक्षकहरूलाई राजनीतिक आस्थाका आधारमा सरुवा गर्ने गरेको, जनताका लागी आयोजना आफ खसी निर्णय गर्दै कार्यान्वयन नगर्ने, नगर प्रमुखका लागी एक करोड ५० लाखको डल्लो बजेट राख्ने र आफुखसी रकम बिनियोजन गरी खर्च गर्ने गरेको बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नः ६ मा स्वास्थ्य चौकी हुँदै वडा कार्यालय पुग्ने सडकका लागि प्रदेश सरकार बाट ५० लाख र नगरपालिकाले ५० लाख विनियोजन गरेको रकम काम नगरी फ्रिज गरेको, चामुण्डाबिन्द्रासैनी नगरपािलका वडा नः ५,६,७,८,९ को लागी सङ्घीय सरकार बाट आएको लिफ्टिङ खानेपानी योजना ३४ करोड रकम योजनाको आवश्यकता नभएको भन्दै बजेट फिर्ता पठाएको,सङ्घीय सरकार बाट डेरी उद्योग स्थापना गर्न आएको ३० लाख रकमको सम्झौता नगरेको, चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नः ४ घम्पे लिफ्टिङ आयोजना निर्माणका लागी प्रदेश सरकार बाट आएको ४० लाख रकम फ्रिज गरिएको छ ।
स्थानीय रण बहादुर खड्काले नगर प्रमुख शाहीले आफ्नो श्रीमतीलाई माध्यमिक तहको जागिर खुवाएको र जयदेव माध्यमिक विद्यालयमा सरुवा ल्याउन नमान्दा विद्यालय व्यवस्थापन समिति किन बिघठन नगर्ने भन्दै पत्र पठाएको र विद्यालयमा रिक्त भएको दरबन्दीमा शिक्षक नियुक्त गर्ने नदिने गरेको बताए । उनले प्रक्रिया सङ्गत नियुक्त भएका शिक्षकको समर्थनका लागी नगर शिक्षा शाखामा निवेदन दर्ता गर्न नमानेका कारण उच्च अदालत सुर्खेतमा मुद्दा परेको र त्यसको बयान लिने काम समेत भएको बताए । उहाँका अनुसार उच्च माध्यमिक तहको अङ्ग्रेजी विषयको रिक्त पदमा शिक्षक नियुक्तिका लागी अनुमति माग्दा समेत नदिएको जानकारी दिए ।

चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेश बहादुर शाहीले आवश्यकता आधारमा नै विद्यालय समायोजन गरेको बताए । उनले विद्यालय व्यवस्थापन समिति र राजनीतिक दलहरू सल्लाह गरी विद्यालय समायोजन गरिएको भए पनि अहिले आएर आन्दोलन गर्नु पर्ने कारण नरहेको बताए । उनले विभिन्न योजनाहरू सञ्चालन नगरिएको भन्ने आरोप समेत सत्य भए पनि आवश्यकता र त्यसको दीर्घकालीन सञ्चालन हुने आधारहरू नदेखेपछि उक्त योजनाहरू सञ्चालन नगरिएको बताए ।