Loading... आजः बिहिबार, बैशाख ३१, २०८३
Trending

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको राजीनामा

धनगढी  :   सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनले राजीनामा बुझाएका हुन । राजीनामा बुझाएपछि संक्षिप्त कुराकानी गर्दै शाहले भने वर्तमान राजनीतिक परिस्थितिका कारण राजीनामा गरेँ ।

बिहीबार विश्वासको मत लिने तयारी गर्नुभएका शाहले विश्वासको मत प्राप्त नहुने देखेपछि राजीनामा दिएका थिए । । प्रदेश सभा सदस्य नागरिक उन्मुक्ति पार्टीका टीका थापा, कैलाश चौधरी र स्वतन्त्र डा तारा जोशी काठमाडौँमै रहेकाले विश्वासको मत पाउन कठिन देखिएपछि उनले राजीनाको तयारी गरेका थिए ।

सरकार कायम रहनलाई ५२ सदस्यीय प्रदेश सभाका २७ जना सांसदको समर्थन आवश्यक थियो । तीन जना अनुपस्थित भएपछि मुख्यमन्त्री शाहका पक्षमा २४ मत मात्र पर्ने देखिएको थियो ।