Loading... आजः सोमवार, बैशाख १५, २०८२
Trending

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा


दाङ  :   लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजानीमा दिएका छन । सङ्घीय सरकारमा गठबन्धन परिवर्तन भएर नयाँ गठबन्धन परेपछि अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले पदबाट बिहीबार राजीनामा दिएका हुन । । आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा गरेको बताए ।

मुख्यमन्त्रीले लुम्बिनी प्रदेशमा राप्रपा र नागरिक उन्मुक्ति पार्टीसहित साना दलको साथ लिएर सरकार जोगाउने प्रयास गरेपनि असफल भएपछि राजीनामाको गरेका हुन । मुख्यमन्त्री चौधरी वैशाख १४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भई वैशाख १९ मा विश्वासको मत प्राप्त गरेका थिए ।

मुख्यमन्त्री चौधरीले राजीनामा गरेपछि लुम्बिनीमा नयाँ सरकारको गठनको बाटो खुलेको छ । नयाँ गठबन्धनमा लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) लाई मुख्यमन्त्री दिने सहमति भएको छ । गठबन्धनको नेतृत्व गर्दै माओवादीका संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्नेछन । उनको पक्षमा प्रदेशसभामा बहुमत देखिएको छ ।