Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कर्णाली राजमार्गमै अड्किय उपकरण बोकेका ट्रक


दैलेख  :  दैलेखको शिरस्थान, नाभिस्थानमा रहेको पेट्रोलियमपदार्थको अन्तीमअन्वेषण तथाउत्खननकालागि चीनबाट ल्याइएकाउपकरण बोकेका ठुला ट्रक मोड नपुगेकाकारण कर्णाली राजमार्गमा अड्किएका छन । ४१ फिटसम्म लामा पाँचवटा ठूला ट्रकहरू भने कर्णाली राजमार्ग सडक खण्डमा मोड नपुगेकाकारण तीनदिनदेखि बाटोमै अलपत्रअवस्थामा रोकिएको जिल्लाप्रशासनकार्यालय दैलेखकाजानकारी दिएको छ ।
दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले पेट्रोलिय पद्र्धाथको अन्तीमअन्बेषणका लागी आवश्यक पर्ने उपकरण बोकका ठुला ट्रक मोड नपुगेकै कारण कर्णाली राजमार्गमा अड्कियको पुष्टि गरे । उनले उपकरण बोकेका२२मिनी ट्रक जलजलेमापुगेको र ठुला ट्रक भोलीसाझ सम्म पु¥याउने तयारी गरेको बताए । उनले भने उपकरण बोकको ठुला २५ ट्रक आउनु पर्नेमा पहिलो चरण पाँच वटा आएको र मोड नपुगेकै कारण बाटोमा रोकिएपछि आफुहरु दुई वटा स्काभेटर र दुई वटा क्रेन लगेर राजमार्गमा हिडिरहेका छौ । पाँच वटा ठुला ट्रक मध्ये अगाडी हिडेको ट्रक ढल्किएपछि अन्य ट्रक रोकिएका थिए त्यसलाई क्रेन लगाएर सिधा बनाएपछि सकाभेटर,क्रेन र ट्रक संग संगै हिडेका छन ।
खानी तथा भूगर्भ विभागका पेट्रोलियमअन्वेषण परियोजना प्रमुख दिनेश नापितले पेट्रोलियम पदार्थको अन्तिम अन्वेषणका लागि १५० वटा ट्रक जलजलेमा पुग्नु पर्ने भएपनि अहिले सम्म २२ वटा ट्रक मात्र जलजलेमा पुगेको बताए । उनले सडक डिभिजन सुर्खेत मार्फत ठेक्कालगाएर काटेको मोडहरु नपुगेकाकारण ठुला ट्रक राजमार्गमै रोकिनु परेको बताए । उनले कर्णाली राजमार्गका मोडहरु काटिसकेपछि अनुगमन गरिए पनि ट्रक ल्याउदा मोड नपुगेको बताए ।
संघिय ससदको शिक्षा स्वास्थ्य तथा प्रबिधि समितिका सभापतिएवम दैलेख निर्वाचन क्षेत्र न १का सांसद अम्मर बहादुर थापाले दैलेखको पेट्रोलिम पद्धार्थको अन्तीम अन्बेषणका लागी ल्याउन लागिएका ट्रकहरु कर्णाली राजमार्गमा नै अड्किए पछि सडक डिभिजन कार्यालय सुर्खेतलाई तत्काल मोड कटान गरी सहजीकरण गर्न पत्र काटेर निर्देशन समेत दिएका थिए । उनले अहिले सम्म भएको कामको स्थलगत निरक्षण गरेपश्चात कर्णाली राजमार्गका मोडहरु कटान गर्न सडक डिभिजन कार्यालय सुर्खेतलाई निर्देशन दिएका थिए ।

सडक डिभिजन सुर्खेतका सुचनाअधिकारी इन्जिनिएर टोपनारायण पौड्यालले सडक डिभिजन कार्यालय सुर्खेत र खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाको टोलीले कर्णाली राजमार्गका मोडहरुको स्थलगत निरीक्षण गरेपश्चात उहाँहरुले जुनमोडहरु कटान गर्ने भन्नुभयो त्यहीअनुसार मोडहरु कटानगरिएको बताए । उनले मोडहरु कटान गरिसकेपछि पुन स्थलगत निरक्षण पश्चात पुन अन्यमोडहरु काट्ने भनेपछि त्यो पनि कटान गरिएको बताए । उनले भने पुनमोडहरु कटान गरेपछि स्थलगतनिरक्षण गर्नु पर्ने थियो त्यो नभएर एक्कासीउपकरण बोकेका ट्रक आएपछि अहिले समस्या देखिएको भएपनि निर्माण कम्पनीले ठेक्का बमोजीम काम गरि सकेपनि अहिले पनिकाम गराइरहेका छौँ । सडक डिभिजन कार्यालय सुर्खेतले कर्णाली राजमार्गकामोडहरु कटानका लागी भ्याट सहितचार करोड ३६ लाखमा बडिमालिका हाम्रो एमएम जेभी संग सम्झौता गरेको थियो ।

नेपाली र चीनको प्राविधिक टोलीले पहिलो चरण अन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेकाकामगरिएको थियो । यसअघि टोलीले पहिलो चरण सम्भाव्यताअध्ययन र दोस्रो चरणमा ड्रिल मेसिनमार्फत अन्वेषण सकिसकेको छ ।

पेट्रोलियमपदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनिया जिओलोजिकल सर्भे कम्पनीसँग दुई अर्ब ४० करोड रुपियाँको आर्थिक तथाप्राविधिक सहयोगमा खानीअन्वेषण र उत्खननको काम सम्पन्नगर्ने गरी सम्झौता भएको थियो । सरकारले भैरवीगाउँपालिका–१, जलजलेका २७ घरपरिवारको ४५ रोपनीजग्गाको अधिग्रहण गरिसकेपछि आवश्यक पूर्वाधार धमाधमनिर्माण गरिरहेको छ ।

अन्तिम अन्वेषणका लागि करिब चार किलोमिटर जमिन मुनि सम्म ‘ड्रिलिङ’ गरिने छ । ड्रिलिङपछि पेट्रोलियमपदार्थ र ग्यास भण्डारण कति छ भन्ने पत्ता लाग्ने बित्तिकै अर्को प्रक्रियामा जाने तयारी हुने खानी तथा भूगर्भ विभागले जनाएको छ ।