केन्द्रीय सत्ता गठबन्धनको निर्णयविरुद्ध कर्णालीका मुख्यमन्त्री


सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री एवम माओबादी पार्टि कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले केन्द्रि सत्तागठबन्धधनको निणय नमानेका कारण कर्णाली प्रदेशमा राजनितिक माहोल तातिएको छ । केन्द्रीय सत्ता गठबन्धनको निर्णयविरुद्ध कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेपछि यहाँको राजनीतिमा तरङ्ग पैदा भएको हो ।
सोमबार मात्र सत्तारुढ गठबन्धनबिच भएको सहमतिअनुसार नेकपा (एमाले) को नेतृत्वमा कर्णालीमा सरकार गठन हुने भनिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश सरकार निर्माणमा एमाले उम्मेदवारलाई समर्थन गर्न माओवादीको प्रदेश नेतृत्वलाई निर्देशन दिएका थिए । मुख्यमन्त्री राजकुमार शर्माले कुनैपनि हालतमा आफूले विश्वासको मत लिएरै छाड्ने अडान राखी रहनुले थप समस्या पैदा भएको हो ।
एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री शर्माको बिचमा कुरा मिलेको छैन । मङ्गलबार बिहान उनिहरुबिच भेटवार्ता भएको थियो । बिहान भएको संक्षिप्त भेटमा दुवै नेताका आ–आफ्ना अडान राखेपछि भेट निष्कर्षविहीन बनेको हो । एमालेका नेता कँडेलले केन्द्रको सर्कुलर अनुसार अघि बढ्नुपर्छ भन्ने कुरा राखेका थिए भने मुख्यमन्त्री शर्माले पहिलो चरणमा आफूले सत्ता सम्हाल्न पाउनुपर्ने अडान राखेका थिए ।
यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन भन्दै माओवादीका नेता महेन्द्रबहादुर शाहीलाई सुर्खेत पठाएका थिए ।
एमालेले केन्द्रिय सचिव एवम कर्णाली प्रदेश इन्र्चाज लेखराज भट्टलाई पठाएको छ भने माओबादीले कर्णाली प्रदेश इन्चार्ज काली बहादुर मल्ल र पुर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई पठाएको थियो ।

