Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

मुख्यमन्त्रीको पत्र पछि प्रदेश सभा बैठक स्थगित

सुर्खेत  :   कर्णाली प्रदेश सभाको बैठक आजका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरिरहेका बेला मुख्यमन्त्री स्वंयमले आजको बैठकमा उपस्थिति हुन नस्कने भन्दै पत्र पठाएपछि बैठक स्थगित भएको हो ।

नेपालको विधानको धारा १८८ को उपधारा ९२० बमोजिम मलाई प्रदेश सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकोले विश्वासको मत लिने प्रयोजनका लागि सो सम्बन्धी विषयको प्रस्ताव मिति २०८०।१२।२० गते कर्णाली प्रदेश सभामा पेश गर्न आवश्यक व्यवस्था मिलाई दिनु हुन मुख्यमन्त्रीद्वारा पठाईएको पत्रमा उल्लेख छ ।

उनले कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम १५० वमोजिम सूचना गरेकोमा बिशेष कारणबस सो मितिमा प्रस्ताव पेश गर्न असमर्थ भएकोले सो विश्वासको मत लिने प्रयोजनको प्रस्ताव मिति २०८०।१२।२१ गते सारी प्रदेश सभामा पेश गर्न आवश्यक व्यवस्था मिलाई दिनु हुन अनुरोध गरेका छन् ।

सत्ता गठबन्धनमा केन्द्रमा भएको सहमतिअनुसार कर्णालीको मुख्यमन्त्रीको भाग एमालेले पाएको छ । तर, माओवादी केन्द्रले पहिलो चरणमा पार्टीकै नेतृत्व हुनुपर्ने अडान राखेपछि विवाद हुँदै आएको छ । सोही विवाद समाधान हुन नसक्दा मङ्गलवार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची नै प्रभावित भएको हो ।