उत्खनन स्थल पुगे मुख्यड्रिलिङ गर्ने उपकरण
दैलेख : दैलेखको शिरिस्थान,नाभिस्थानमा रहेको पेट्रोलियम पदार्थको अन्बेषण तथा उत्खनन् लागि चीनबाट ल्याइएका उपकरणहरु दैलेख पुगेका छन् । चीनदेखि कोलकत्ता हुँदै रुपैडिया नाकाबाट सामान सहितका पाँच वटा साना ट्रक पहिलो चरणमा दैलेख पुगेका छन् । भैरवी गाउँपालिका –१ जलजलेमा उत्खनन्को लागि अन्तिम ड्रिलिङ सर्वेको कामका लागि चीनबाट ल्याइएका उपकरणहरु दैलेख पुगेको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दिएको जानकारी अनुसार मिनि ट्रक २२ वटा र एक वटा १२ चक्के ट्रक जलजलेमा पुगेको जानकारी दिए । उनले साना ट्रक सुर्खेत हुदै दैलेख आएको र ठुलाट्रक कर्णाली रामार्गको बाटो भएर मध्यपहाडी राजमार्ग हुदै जलजलेमा पग्न लागको जानकारी दिए । उनले दिएको जानकारी अनुसार १२ चक्के ट्रक मध्यहाडी राजमार्ग अन्र्तगत दुल्लु नगरपालिका –९ पादुकामा आएको र मोड नपुगेका कारण रोकिएको खवर पाउन बित्तिकै जेसीबी लगाएर मोड बनाउन लागिएको छ ।
पेट्रोलियम पदार्थ उत्खनन् लागि चीनबाट ल्याइएका उपकरण र उपकरण बोकेका ट्रकहरुको भन्सार राजस्वको विवादले नेपालगन्ज नाका रुपैडियामा झण्डै तीन साता रोकिएकोमा अर्थमन्त्रालयले निर्णय गरेपछि उपकरण बोकेका ट्रक धमाधम जलजलेमा आउने लागको परियोजनाले जनाएको छ । खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापितले पेट्रोलिय पद्धार्थको अन्तीम अन्बेषणका लागी एक सय ५० वटा ट्रक जलजलेमा पुग्ने जानकारी दिए ।
उनले २२ वटा मिनि ट्रक जलजलेमा पुगेको र अवको एक दुई दिनमा एक सय ५० वटा ट्रक त्यहा पु¥याइने जानकारी दिए । उनले भने अन्वेषणका लागि उपकरण ल्याउन कर्णाली राजमार्गको सुर्खेतदेखि दैलेखको साँगेतडासम्म र चामुण्डाविन्दासैनी नगरपालिकादेखि मध्यपहाडी राजमार्गको जलजलेसम्म सडक फराकिलो बनाए पछि उपकरण बोकेका ट्रक जलजले सम्म पुग्न सहज भएको हो ।
नेपाली र चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्वे, जियोलोजिकल सर्वे, म्याग्नेटो टेल्युरिक सर्वे र जिओ केमिकल स्याम्पलिङ सर्वे गरी ४ वटा सर्वेका काम गरिएको थियो । यसअघि टोलीले पहिलो चरण सम्भाव्यता अध्ययन र दोस्रो चरणमा ड्रिल मेसिन मार्फत अन्वेषण सकिसकेको छ । पेट्रोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्वे कम्पनीसँग २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा खानी अन्वेषण र उत्खननको काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।
सरकारले भैरवी गाउँपालिका–१ जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको अधिग्रहण गरि सकेपछि आवश्यक पुर्वाधारहरु धमाधम निर्माण गरिरहेको छ । अन्तिम अन्वेषणका लागि करिब चार किलोमिटर जमिन मुनिसम्म ‘ड्रिलिङ’ गरिनेछ । ड्रिलिङपश्चात् पेट्रोलियम पदार्थ र ग्यास भण्डारण कति छ भन्ने पत्ता लाग्नेबित्तिकै अर्को प्रक्रियामा जाने तयारी हुने खानी तथा भूगर्भ विभागले जनाएको छ ।