नयाँ नेतृत्वका लागि एमाले सुर्खेतको मतदान सकियो
सुर्खेत : नेकपा एमाले सुर्खेतको नयाँ नेतृत्वका दिउसो १२ बजे बाट सुररु भएको मतदान सकिएको छ । एमाले सुर्खेतको नवौँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वका नेताहरूबीच सहमति जुट्न नसेकपछि सुरु भएको मतदानमा चार सय ९५ नब्बे प्रतिनिधि मध्ये चार सय ८६ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।
अध्यक्षका लागि हालका जिल्ला कमिटी अध्यक्ष अमृतबहादुर बिसी र उपाध्यक्ष कुलमणी देवकोटका मैदानमा होम्मिएका छन्। बिसीलाई एमाले स्थायी कमिटी सदस्य तथा सुर्खेत इन्चार्ज गोरखबहादुर बोगटी र देवकोटा स्थायी कमिटी सदस्य यामलाल कँडेलले सघाएका छन्।
यस्तै, उपाध्यक्षमा देवकोटा टिममा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव खुलामा अझै टुंगा लाग्न सकेको छैन । उप–सचिव महिलाबाट सुशील विश्वकर्माले उम्मेद्वारी दर्ता गराएकी छन् । उपध्याक्ष पदका उम्मेदवार बडुवाल यसअघि पार्टी विभाजनहुँदा समाजवादीतर्फ लागेर सुर्खेत जिल्ला अध्यक्ष थिए । समाजवादीबाट एमालेमा समायोज भएका बडुवाल एमाले सुर्खेत पश्चिमका प्रभावशाली नेताका रुपमा चिनिन्छन् । यसो त पार्टी विभाजन नहुनु अघि बडुवाल एमाले सुर्खेतको सचिव थिए ।
एक कार्यकाल अध्यक्ष भइसकेकाले विसी आठौँ अधिवेशनमा यामलाल कँडेलकै पक्षबाट उम्मेदवार बनेर जितेका थिए । विसी पुनः दोहोरिँदा उनको टिमबाट उपाध्यक्ष ताराकेशर गौतम, सचिवमा डण्डिप्रसाद शर्माले उम्मेद्वारी दर्ता गराएका छन् । उप–सचिवद्वयमा भने खुलातर्फ हरि अधिकारी र तृप्ती विश्वकर्माले उम्मेद्वारी दर्ता गरएका हुन्।