Loading... आजः मङ्लबार, भदौ २५, २०८१
Trending

सुचना प्रविधिको सदुपयोग सम्बन्धी बालबालिकालाई प्रशिक्षण


दैलेख  :   नेपालमा सुचना प्रविधिको गलत प्रयोगले दिन प्रतिदिन घटना घटिरहेको बेला दैलेखको गुराँस गाउँपालिकाले सुचना प्रविधिका साधनको सदुपयोग सम्बन्धी बालबालिकालाई प्रशिक्षण गरिएको छ । समाजलाई धार्मिक,सस्कृति माथी जोखीम बढिरहेको भन्दै बालबालिकालाई जोखिममा पर्न नदिन सुचना प्रविधिको सदुपयोग सम्बन्धी गाउँपालिका १६ वर्ष देखी ४० वर्ष उमेर समुहका दुई सय ३५ जना बालबालिका र किशोर किशोरीलाई प्रशिक्षण गरिएको गुराँस गाउँपालिकाले जानकारी दिएको छ ।

गुराँस गाउँपालिका वडा नः ८ का वडाध्यक्ष एवम गुराँस सरकारका प्रवत्ता दिपेन्द्र ओलीले सुचना प्रविधिको विकासले धेरै कुरा सिकाएको भएपनि त्यसको दुरुपयोग बढ्दो क्रममा रहेकोले त्यसको निरकारणका लागी बाबालिकालाई सुचना प्रविधिको सदुपयोग सम्बन्धी प्रशिक्षण गरिएको जानकारी दिए । उनले सुचना प्रविधिले बालबालिकालाई धेरै कुरा सिकाएको पनि त्यसको दुरुपयोगले आत्महत्या,अपराध बढेकाले बालबालिकालाई सुचना प्रविधिको सदुपयोगका लागी मात्र प्रयोग गर्न आग्रह गरिएको बताए ।
गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसीले सुचना प्रविधिको सदुपयोग सम्बन्धी बालबालिकालाई सिकाउने आफ्नो नीति तथा कार्यक्रममा समाबेश गरिएको भएपनि आवश्यक बजेट बिनियोजन गर्न नसक्दा रोकिएको कार्यक्रम विभिन्न साझेदार सस्थाहरुको सहयोगमा उक्त कार्यक्रम गरिएको बताए । उनले युरोपियन युनियन र हेल्भटास नेपालको आर्थिक सहयोग महिला शसक्तिकरण मञ्च नेपालको समन्वय गाउँपालिकाको सहजीकरणमा उक्त कार्यक्रम गरेको बताए ।

कर्णाली प्रदेश क्यानका अध्यक्ष प्रेम चन्दले आधुनिक युगमा प्रविधिको उच्चत्तम विकास र विस्तारले शहर देखी दुर्गम गाउँका दुरदराज सम्म प्रविधिको पहुँच बढेको भएपनि त्यसको सहीरुपमा सदुपयोग भए नभएको विषयमा राज्यले समेत नियमन गर्न नसकिरहेको बेला गुराँस गाउँपालिकाले आफ्नो पालिकाका बालबालिकालाई त्यसको सदुपयोग सम्बन्धी जानकारी दिनु राम्रो कार्य भएको बताए । उनले बालबालिकालाई सुचना प्रविधिको सही वा गलत के गरिरहेको छन त्यसको नियमन तथा निगरानी अभिभावकले गर्नु पर्ने बताए ।

गुराँस गाउँपालिका –८ का युवा रमेश ओलीले सुचना प्रविधिको प्रयोगले धेरै कुरा जान्ने अवसर प्राप्त गरेपनि कतिपय युवाहरु त्यही प्रविधिको कुलतमा फस्ने र गलत कार्य गर्ने घटनाहरु समाजमा घटिरहेको बताए । उनले सुचना प्रविधिको सदुपयोग सम्बन्धी प्रशिक्षणमा सुचना प्रविधिका सकरात्मक पक्ष र नकरात्मक पक्षहरुका बिषयमा आफुहरुले सिकेको बताए । उनले भने समाजिक संचालन फेसबुक,टीटर,इन्ट्राग्राम,भाइवर चलाउँदा आफ्नो फोटो सहित राख्ने,कसैलाई जातीगतमा स्टाटस नलेख्ने,कसैको धर्ममा आँच आउने खालका सन्देशहरु नराख्ने, लगायतका कुराहरु सिकाइएको छ ।

गुराँस गाउँपालिका – ४ का अभिभावक कृष्ण बहादुर गुरुङले बालबालिकाले मोवाइल चलाउँदा बालबालिकामा शाररिक ब्ययाम नहुने,सुचना प्रविधिलाई खोलौनाका रुपमा लिने,एक्लै बस्ने बानीको बिकासले समाजमा घुलमिल नहुने जस्ता समस्या आइरहेको बताए । उनले अहिले आफ्ना बालबालिकालाई अभिभावकले उनीहरुको जिद्धिका आधारमा सामाग्री किनिदिने गर्नाले पनि समस्या बढेको बताए । उनले भने हामीलाई धेरै कुरा आउँदैन बालबालिकाले कसरी चलाउँछन भन्ने जानकारी पनि छैन त्यस कारण पनि बालबालिकाले सुचना प्रविधिको गलत प्रयोग हुने गरेको छ ।