Loading... आजः सोमवार, बैशाख १७, २०८१
Trending

उपप्रधानमन्त्री यादव र मन्त्री सुडीले लिए शपथ


काठमाडौं  :   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधानमन्त्री उपेन्द्र यादव र मन्त्री नवलकिशोर साह सुडीले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको सिफारिसमा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव र बन मन्त्री नवलकिशोर साह सुडीले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको शपथ लिएका हुन ।
नेपाली काँग्रेस संगको गठबन्धन ताडेर नकेपा एमाले सहितको नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री दहालले दुई वटा मन्त्रालय राखेको थिए । सरकारमा जान जनता समाजबादी पार्टी तयार भएपनि सरकारमा जाने मन्त्रीहरुको नाम टुङग्याउ बसको दलको बैठकले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा पठाउने र अर्को एक जना छान्ने जिम्मा समेत अध्यक्ष यादवलाई दिएको थियो ।