Loading... आजः सोमवार, बैशाख १७, २०८१
Trending

बालविवाह रोकथाम र मर्यादित महिनावारी सम्बन्धी लोकगित प्रतियोगिता


दैलेख :  बालविवाह रोकथाम तथा मर्यादित महिनावारी सवालको जनचेतनामूलक लोकगीत तथा नृत्य प्रतियोगिता गरेको छ । ११४ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा प्रतियोगिता भएको हो ।

प्रतियोगितामा भगवतीमाई गाउँपालिका वडा नं १ को शिवपुरी आमा समूह प्रथम, वडा नं २ को सक्रिय महिला समूह दोश्रो, वडा नं १ को नयाँमालिका आमा समूह तेश्रो र वडा नं २ को तिदूडाँडा आमा समूहले सान्त्वना स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा बिजयी समूहहरु मध्ये प्रथमलाई आठ हजार, दोश्रोलाई छ हजार, तेश्रोलाई चार हजार, सान्त्वना स्थान पाएकालाई दुई हजार पुरस्कार र प्रमाणपत्र दिइएको थियो । प्रतियोगितामा ११ वटा समूहले बालविवाह रोकथाम तथा मर्यादित महिनावारी सवालमा लोकगीत र नृत्य प्रस्तूत गरेका थिए ।

 

पुरस्कार वितरणपछि कार्यक्रमका भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले विना भेदभाव सशक्त आवाज उठाएमा महिलाहरुले हक पाउन सक्ने बताए । अध्यक्ष थापाले भगवतीमाई गाउँपालिकाले पञ्चवर्षीय योजना बनाउन लागेको उल्लेख गर्दै योजनामा समेटिनुपर्ने महिला तथा बालबालिका सवालका विषय सुझाव दिनु आग्रह गरेका छन ।