Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

महिला सम्मेलनको उद्दघाटन गर्न पूर्व राष्ट्रपति भण्डारी सुर्खेतमा

सुर्खेत :  महिला सम्मेलनको उद्दघाटन गर्न पूर्व राष्ट्रपति भण्डारी सुर्खेतमाआएकी छन् । भोलीदेखी वीरेन्द्रनगर सुर्खेतमा हुने प्रदेशकै पहिलो महिला सम्मेलनमा सहभागि हुन उनी सुर्खेत आएकी हुन । सरकारी तहमा महिलाको नेतृत्वदायी भूमिका हुनुपर्छ भन्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको कार्यक्रम उनले उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।

सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख, महिला नेत्री, आमा समूह, वडा समितिका अगुवा महिलाहरू सहभागी हुनेछन् । १ सय १४ औं श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा कर्णालीमा महिला सम्मेलनको आयोजना गर्न लागिएको वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले जानकारी दिईन् ।