Loading... आजः शुक्रबार, बैशाख ५, २०८२
Trending

एकीकृत समाजवादीका केन्द्रिय सदस्यसहित दुई सय कार्यकर्ता एमालेमा फर्किए


दैलेख  :  एकिकृत समाजबादीका केन्द्रिय सदस्य सहित दुई सय भन्दा बढि नेता तथा कार्यकर्ता एमालेमा फर्किएका छन । एकिकृत समाजबादीका केन्द्रिय सदस्य बरुनाथ योगी,केन्द्रिय सदस्य तथा पुर्ब सांसद पार्वति बिशुन्के ,एकिकृत समाजबादी पार्टीका केन्द्रिय सल्लाहार सदस्य केशरजंग माझि लगायत नेता तथा कार्यकर्ता एमालेमा फर्किएका हुन । त्यस्तै प्रदेश कमिटी सदस्य भूपेन्द्रबहादुर शाही, प्रदेश कमिटी सदस्य बालकृष्ण केसी, जिल्ला कमिटी उपाध्यक्ष निरक शाही, जिल्ला सचिवालय सदस्य एवं क्षेत्रीय समन्वय कमिटी सचिव कमल रिजाल, विद्यार्थी संगठनका केन्द्रीय सचिव भरत शाहीलगायतका नेताहरूरहेका छन्।
उनीहरूलाई नेकपा एमालेका केन्द्रीय कमिटी सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले स्वागत गरेका हुन्। उनले स्वागत गर्दै नेकपा एमालेको लालकिल्ला रहेको दैलेखलाई पुन स्थापीत गर्ने बताए । उनले सबै नेताहहरुलाई क्षमता अनुसार पार्टीले जिम्मेवारी दिने बताए
नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा दैलेख इन्जार्च यामलाल कडेलले दैलेखी कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै जनताको पक्षमा माम गर्ने र त्यसको नेतृत्व नेकपा एमालेले गर्ने बताए । उनले दैलेखमा नेकपा एमालेलाई पहिलो शक्तिका रुपमा स्थापीत गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने बताए । नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष सुर्य बहादुर शाहीले पार्टिमा फर्किएका सबैलाई पार्टिले जिम्मेवारी दिने र नेकपा एमालेलाई बलियो बनाउन तर्फ एकताबद्ध हुनु पर्ने बताए ।