दैलेख महोत्सव बिहिवार उद्दघाटन हुदै
अमृत बहादुर प्याकुरेल
दैलेख : दैलेखमा फागुन १७ देखि २८ गतेसम्म हुने महोत्सवको बिहिवार उद्दघाटन हुने भएको छ । उघोग वाणिज्य सङ्घ दैलेखको आयोजनामा हुने तेस्रो कर्णाली प्रादेशिक औधोगिक व्यापार मेला तथा दैलेख महोत्सव–२०८० को बिहिवार उद्दघाटन हुने बताइएको छ । ब्यापार मेलाको उद्दघाटन संघिय सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले गर्ने उद्योग बाणिज्य संघ दैलेखका महासचिव प्रकाश पौड्यालका जानकारी दिए । उनले घरेलु उत्पादनलाई विशेष जोड दिईएको महोत्सवमा व्यवसायीक, होटल साथै कृषि उत्पादन गरी १८० स्टल राखिने बताए।
महासचिव पौड्यालका अनुसार महोत्सवमा राखिएका स्टलहरूमा तरकारीका बिउ बिजन, स्थानीय कच्चा पदार्थबाट निर्मित मालसामानहरू लगायत सूचना प्रविधिसम्मको प्रर्दशनिमा गर्ने व्यवस्थापन मिलाइएको छ ।
महोत्सवमा जिल्ला स्तरीय दोहोरी प्रतियोगिता समेत सञ्चालन हुने मेलाका कला संयोजक कुमार प्याकुरेलले बताए । महोत्सवले व्यवसायहरुलाई मात्रै नभई यहाँको पर्यटन कला, साहित्य र संस्कृतिलाई समेत टेवा पु¥याउ उनको भनाइ छ, महोत्सव अवधिभर दैलेख जिल्लाका विभिन्न पालिकामा रहेका कला सास्कृति,लहेर पैचरी नाच, मारुनी, गर्रा नाँच, ढाल तरबार, हुड्के नाँच, नृत्य सहितका झाकी प्रस्तुत गरिने तयारी भएको छ ।