Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

प्रयोगात्मक र ब्यबहारिक शिक्षा आजको आवश्यकता : मुख्यमन्त्री शर्मा

सुर्खेत  :   कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले गरिखाने शिक्षा आजको पहिलो आवश्यकता भएको बताएका छन । कोपिला भ्याली स्कुल वीरेन्द्रनगरको १३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री शर्माले सूचना र प्रविधिको विकाससँगै शिक्षा मानव जीवनको प्रत्यक्ष कर्मसँग जोडिनुपर्ने बताए ।

मुख्यमन्त्री शर्माले सरकारले गर्नुपर्ने काम कोपिला भ्याली स्कुलले गरेको भन्दै श्रम, सीप, प्रविधि र संस्कारसँग जोडिएको शिक्षा यो स्कुलले दिएको उल्लेख गरे । उनले शैक्षिक क्षेत्रको उन्नयन र सुदृढीकरणका लागि सबै सरोकारावालाको साझा भूमिका अपरिहार्य रहेको बताए । उनका अनुसार नागरिक खुशी र सुखी बन्ने अवस्था सिर्जना नहुञ्जेलसम्म समृद्धि कोरा भाषणमा मात्र सीमित हुन्छ ।

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले कर्णालीको शैक्षिक विकास र यहाँका पहुँचबिहीन तथा विपन्न समुदाय बालबालिकाका लागि कोपिला भ्याली वरदान सावित भएको बताए ।