बुलबुले तालमा चलाउने डुंगा तयारी, सुर्खेत ल्याइँदै
सुर्खेत : कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बुलबुले तालमा चलाउने डुंगा तयार गरिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले ठेक्कामा डुंगा चलाउने सूचना आह्वान गरेपछि छनोट भएको कम्पनीले डुंगा सुर्खेत ल्याउने तयारी गरेको हो ।
समितिले सूचना जारी गरेपछि पाँच कम्पनीले डुंगा चलाउनका लागि टेण्डर हालेका थिए । तर नेपाल अल्टीमेट वटार एडभेन्चर प्रा लि. चितवनले सबैभन्दा बढी एक लाख ३५ हजार मासिक भाडा बुझाउने कबोल गरेपछि छनोट भएको हो ।
समितिले डुंगा चलाउने कम्पनीसँग सम्झौता गर्ने अन्तिम तयारी गरेको छ । यद्यपी नेपाल अल्टीमेट वटार एडभेन्चर प्रा.लि छनोट भएपछि १३ सिट क्षमताको स्ट्रिम बोट तयार गरेर सुर्खेत पठाउन लागेको छ । शुरुमा १३ र २० सिट क्षमताका स्ट्रिम बोटहरु चलाउन १३ सिटको बोट तयार भइसकेको छ,’ प्रा.लि.का सञ्चालक लेखनाथ पौडेलले १३ सिटको पठाउने तयारीमा छु । २० सिटको बोट तयार हुँदैछ अबको पाँच दिनमा निर्माण सकेर पठाउँछु ।
बुलबुलेमा तीन वटा स्ट्रिम बोट, चार वटा जगपरी रिक्सा र अन्य पाइटल बोट चल्नेछन् । ताल विस्तार गरेपनि बुलबुले तालमा डुंगा नचलाएको भन्दै समितिको आलोचना हुँदै आएको छ । आफै डुंगा चलाउँदा लागत बढी पर्ने र ठेक्कामार्फत चलाउँदा प्रभावकारी हुने भएकाले समितिले ठेक्का आह्वान गरेको हो । १२ हजार बर्गमिटर क्षेत्रफलमा रहेको ताल विस्तार गरेर हाल २८ हजार पाँचसय वर्गमिटर बनाइएको छ ।
हाल तालको माथि घास उम्रिएकाले कतिपयले पानी नै नभएको ताल भनेर आलोचना गरिरहेका छन् । तर समितिले तयार पारेको गुरूयोजनाअनुसार प्रदेश सरकार र समितिको संयुक्त लगानीमा ताल क्षेत्रको पानी चुहावट बन्द गरिएको छ ।
अनाधिकृत रूपमा बुलबुले क्षेत्रमा प्रवेश गर्नेहरू बढेपछि दक्षिण क्षेत्रको विच भागबाट बग्ने इत्राम खोलाको दुवै किनारामा बार लगाइएको छ । विसं २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो। बुलबुले क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकारका साथै सङ्घीय सरकार र वीरेन्द्रनगर नगरपालिकाको पनि साझेदारी रहेको छ।
बुलबुलेको मुख्य आकर्षण जमिनमुनिबाट बुलबुल भएर आउने पानीको संकलन गरी बनाइएका कलात्मक धारा र पार्क हुन्। तालको पूर्वतर्फ महिला तथा दक्षिणतर्फ पुरूषका लागि पाँच–पाँच वटा धारा छन्। साभार नेपालकर्म