Loading... आजः मङ्लबार, मंसिर १८, २०८१
Trending

कर्णालीका खेलाडीलाई कर्णालीकै पोशाक


सुर्खेत  : कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले कर्णालीका खेलाडीहरूको लागि कर्णालीको पहिचान झल्किने आफ्नो छुट्टै पोसाक बनाएको छ । पोसाकमा कर्णालीका विभिन्न पर्यटकीय स्थल, कर्णालीमा पाइने दुर्लभ वन्यजन्तु, हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटीको आकृति राखिएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले बोर्ड बैठकबाट कर्णालीको पहिचान झल्किने पोसाक बनाउने निर्णय गरे बमोजिम कर्णालीका खेलाडीहरूको लागि गेम पोसाक र मार्च पास पोसाक बनाएको परिषद्का सदस्य सचिव विश्वामित्र संज्याल बताए ।

उनका अनुसार गेम पोसाक रातो र निलो गरी दुई रङ्गमा छ भने मार्च पास पोसाक एउटा रङ्गमा रहेको छ । गेम पोसाक र मार्च पास पोसाक महिला र पुरुष दुवै खेलाडीहरूले लगाउन मिल्ने छ । पोसाक कर्णालीमा उत्पादन भएको कपडाको टोपी, सुटमा कर्णाली झल्किने चिन्ह राखिएको छ । मार्च पास पोसाकमा नेपालको झण्डा, कर्णाली प्रदेश खेलकुद विकास परिषदको लोगो राखिएको छ भने गेम पोसाकमा कर्णाली नदी,कर्णालीमा पाईने यार्सा, हिमाल, पञ्चदेवल, रारा, काँक्रेविहार मन्दिर, कर्णालीको हिमाली भेगमा पाइने दुर्लभ वन्यजन्तु याक राखिएको छ ।
गेम पोसाकमा समेटिएको रातो रङ्ग, नेपालको झण्डा र निलो रङ्ग रारा, कर्णाली बोर्डरसँग मिल्ने भएकाले दुई रङ्ग छानिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले भनाइछ ।