Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

प्याब्सनले जाजरकोट भूकम्प प्रभावित विद्यालयलाई ३५ लाख दिने


सुर्खेत  :   निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले जाजरकोट भूकम्प प्रभावित विद्यालयलाई ३५ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्याब्सनले भूकम्पबाट प्रभावित निजी क्षेत्रबाट सञ्चालित जाजरकोट र रुकुम पश्चिमका विद्यालयहरुलाई उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो ।

 

प्याब्सनका केन्द्रिय अध्यक्ष डिके ढुङगानाले ३५ लाख मध्ये २५ लाख निजी क्षेत्रबाट सञ्चालित विद्यालयलाई र १० लाख रुपैयाँ सामुदायिक विद्यालयलाई सहयोग गर्ने निर्णय भएको बताए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत निजीक्षेत्रबाट सञ्चालित विद्यालयलाई मात्र सहयोग गरेमा विभेद जस्तो देखिने भएकाले सामुदायिक विद्यालयलाई समेत प्याब्सनले सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम्प पश्चिममा निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुले अहिलेसम्म कुनैपनि प्रकारको सहयोग र राहत पाउन नसकेको प्रति उनले दुःख व्यक्त गरे । प्याब्सनको कर्णाली प्रदेश स्तरीय तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्न सुर्खेत आईपुगेका अध्यक्ष ढुङगाले देशको शैक्षिकस्तर माथि उकास्न सरकारले निजी र सामुदायिक दुबै क्षेत्रसँग हातेमालो गरी अगाडि बढ्न आवश्यक रहेको सुझाव दिए । उनले कर्णालीको भूगोल सुहाँउदो र आवश्यकतामा आधारित निजी क्षेत्रका विद्यालय मात्र होइन, विश्वविद्यालय नै स्थापना गर्न जरुरी रहेको औल्याए ।