नगरपालिकामा लागेको ताला खुल्यो
दैलेख : दैलेखको आठबिस नगरपालिकामा करार दरबन्दीमा कार्यरत कर्मचारीहरूले विभिन्न मागहरू राख्दै नगरपालिकामा नगरपालिकामा गरिएको तालाबन्दी खुलेको छ । शिक्षक,स्वास्थ्यकर्मी र अस्थायी करार कर्मचारी संर्घष समितिका संयोजक शिवराज थापा द्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ आठबिस नगरपालिकाका उप प्रमुख कल्पना थापा र आन्दोलनरत कर्मचारी बिच वार्ता हुँदा न्यायोचित मागहरु सम्बोधन गर्ने सहमती भएका कारण संर्घष समितिले अनिश्चितकालका लागी लगाइएको ताला खोलीएको छ । आठबिस नगरपालिकामा तीन सय ५ जना करारकर्मचारी रहेका छन ।