Loading... आजः सोमवार, अशोज २१, २०८१
Trending

चाडपर्व लक्षित सुपथमुल्यको पसल सञ्चालन

साभार तस्बिर

दैलेख  :   चाडपर्व लक्षित सुपथ मूल्यको पसल सञ्चालन गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दैलेखले दसैँ तिहार,छठ पर्व लगायतका चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउने उद्देश्यले आइतवार बाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दैलेखका निमित्त कार्यालय प्रमुख रबिन रेग्मीले आइतबार बाट सञ्चालनमा आएको सुपथ मूल्यको पसल कात्तिक १ गते सम्म सञ्चालन हुने जानकारी दिए ।

उनले दैलेखले दसैँ तिहार,छठ पर्व लगायतका चाडपर्वमा नागरिकलाई सहुलियत रूपमा खाद्यान्न आपूर्ति गने उद्देश्यले उक्त पसल सञ्चालन गरेको बताए । उनका अनुसार सोना मनसुली चामल प्रती केजी ५१ रुपिँया,स्टिम जिरा मनसुनी चामल प्रतीक केजी ८५ रुपियाँ र अरुवा मध्यम चामल प्रति केजी ५१ रुपियाँका दरले बिक्री हुनेछ ।

आइतबार सुपथ मूल्यको पसल उद्घाटन गर्दै खाद्य व्यवस्थापन समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले नागरिकलाई सहज रूपमा खाद्यान्न वितरण गर्ने र नपुग भएको खण्डमा तत्काल आपूर्ति गर्न आफूहरू लाग्ने बताए । उनले जिल्लाका विपन्न नागरिकहरूले सुपथ मूल्यको पसल बाट खाद्यान्न आपूर्ति गर्ने र बजार बाट खाद्यान्न आपूर्ति नगर्न आग्रह गरे ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले नागरिकलाई सहुलियत र सहज रूपमा खाद्यान्न वितरण गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेलाई निर्देशन दिएका छन । उनले पहुँचका आधारमा नभएर दुर्गम गाउँ बाट आउने नागरिकलाई पहिलो प्राथमिकता राखेर खाद्यान्न वितरण गर्नु पर्ने बताए । बजारमा अखाद्य बस्तु फेला परेको खण्डमा तत्काल जिल्ला प्रशासन कार्यालयमा खबर गर्न समेत निमित्त प्रमुख जिल्ला अधिकारीले नागरिकलाई आग्रह गरेका छन ।