गुणस्तरीय शिक्षा विश्वविद्यालयको प्रथामिकता : कुलपती सिह मेरो कर्णाली । २०८०, १० आश्विन बुधबार मा प्रकाशित दैलेख : मध्यपश्चिम विश्वविद्यालयका कुलपती प्रा.डा नन्द बहादुर सिहले गुणस्तरी र ब्यबहारिक शिक्षा विश्वविद्यायको प्रथामिकता रहेको बताएका छन । मंगलवार नारायण बहुमखी क्याम्पस दैलेखको २७ औँ वार्षिक उत्सवमा बोल्दै उनले जनताका छोरा छोरीलाई खाडी मुलुक जाने भए सार्टिफिकेट दिएको कुनै अर्थ नहुने बताए । राज्यले निर्माण गरेको शिक्षा नीतीका कारण वार्षिक हजारौँ विद्यार्थी पढाइको बहानामा बाहिरी मुलुक जाने गरेकाले यसलाई रोक्न राज्य नै तयार हुनुपर्ने उपकुलपती सिंहले बताए । उनले शिक्षा बिना समाज अघि जान नसक्ने भएकाले अबको शिक्षा प्राविधिक हुनुपर्ने बताए । उनले भने नेपालका कम्युनिष्ट पार्टीले जनबादी शिक्षा भन्ने तर ब्यहारमा लागु नगर्ने र काँग्रेसको प्रजातान्त्रीक शिक्षा दुबै उस्तै भएको आरोप लगाए । बिविद्यार्थि र शिक्षकलाई राजनीतिमा लगाउने र त्यसका आधारमा आफ्नो पार्टीको फाइदा हेर्न र विद्यालयमा राजनीती गर्ने समस्यालाई निराकरण नगरे शिक्षामा गुणस्तर नहुने उपकुलपती सिहको भनाईछ । अबको शिक्षा प्राविधिक हुनुपर्ने धारणा राख्दै त्यसका लागि मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले योजना बनाएको बताएको बताए । उनले कर्णालीका विद्यार्थीले दैलेखको सुन्तला, जुम्लाको स्याउ लगायतका माटो सुहाउने शिक्षा अध्ययन गर्न छिटै पाउने बताए । कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य पूर्ण बहादुर खत्रीले दैलेखी जनताको त्यागबाट स्थापना भएको नारायण क्याम्पसले दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए । उनले अबको क्रान्ति जनताको जीवन स्तर उठाउने खालका शिक्षाहरु पढाई हुने पर्ने बताए ।