Loading... आजः मङ्लबार, कार्तिक २७, २०८१
Trending

स्थानीय तह राख्दैन्न पर्यटकको तथ्याङक


दैलेख  :   काठमाण्डौ, लुम्बीनी पछि धार्मिक ऐतिहासिक,पुरातात्वीक हिसाबले तेस्रो मानिने दैलेखमा हजारौँ वर्ष पुराना मूत्र÷अमुत्र सम्पदा रहेका छन् । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहने दैलेखमा नेपाली भाषाको शिलालेख, कोतगढि, पञ्चदेवल, पानी माथि आगो बल्ने ज्वाला क्षेत्र लगायतका पर्यटकीय स्थल छन् । पछिल्ला वर्षमा यहाँ रहेका पर्यटकीय स्थलहरूको अवलोकनका लागि भन्दै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको देखिन्छ । तर यहाँका ११ वटा स्थानीय तहमा रहेका पर्यटकीय स्थलको अवलोकनमा आएका पर्यटकहरूको तथ्याङ्क भने राखेको पाइदैन् । स्थानीय सरकारले आफ्नो ठाउँमा रहेका पर्यटकीय स्थलहरूको संरक्षण, प्रचार प्रसारसँगै अवलोकनमा आएका पर्यटकको तथ्याङ्क सुरक्षित राख्नुपर्ने भए पनि स्थानीय सरकार र सम्बन्धित निकायले तथ्याङक राख्न नसक्दा कति पर्यटक जिल्लामा भित्रिए अनुमान समेत गर्न नसकिने भएको छ ।
जिल्लाका ११ स्थानीय तह मध्ये नारायण नगरपालिका, दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, नौमूले गाउँपालिका र महाबु गाउँपालिकामा विभिन्न धार्मिकदेखि प्राचीन पर्यटकीय स्थलहरू रहेका छन् । तर यहाँका पर्यटकीय स्थलको हालसम्म कति पर्यटकले अवलोकन गरे भन्ने तथ्याङ्क कुनै पनि निकायमा भेटिदैन् । नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले पर्यटकीय क्षेत्रको अवलोकनका लागि आउने पर्यटकको तथ्याङ्क नराखिएको बताए । उनले हालसम्म यहाँ आउने पर्यटकको विवरण नराख्ने गरेको भए पनि अबका दिनदेखि तथ्याङ्क राख्नका लागी आवश्यक कार्य योजना बनाउने बताए । उनले भने नारायणमा रहेका पर्यटकीय क्षेत्रको संरक्षणमा स्थानीय सरकारले काम गर्दै आएको र सुल्क सहितको अभिलेख राख्ने काम गछौँ ।
दुल्लु नगरपालिकाका नगर प्रमुख भरत प्रसाद रिजालले नेपाली भाषाको शिलालेख, विभिन्न जात जातिको उद्गम स्थल मानिने दुल्लुले पनि यहाँको पर्यटकीय क्षेत्रको प्रचार प्रसार र त्यहा आउने पर्यटकको तथ्याङक राख्न नसकेको बताए । उनले अहिलेसम्म दुल्लुमा आउने आन्तरिक तथा बाह्य पर्यटकको विवरण राख्ने नगरेको बताउँदै पर्यटकको तथ्याङक राख्ने निर्णय भएको भएपनि कार्यान्वयन हुन नसकेको बताए ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले स्थानीय सरकारले आफ्नो जिल्लामा आएका पर्यटकको तथ्याङक राख्न नसक्नु स्थानीय सरकारको कमजोरी भएको बताए । जिल्लामा रहेको विभिन्न पर्यटकीय स्थलमा आउने आन्तरिक तथा बाह्य पर्यटकको तथ्याङक स्थानीय सरकारले नै राख्नु पर्ने जिल्ला समन्वय प्रमुख भनाईछ । दैलेखका ११ वडा स्थानीय तहका ९० वडामा विभिन्न पर्यटकीय स्थलहरू रहेका छन् । यहाँका पर्यटकीय स्थलको अवलोकनमा आएका आन्तरिक तथा बाह्य पर्यटकबाट निश्चित शुल्क उठाउन सके गाउँका सरकारको आन्तरिक आम्दानी समेत बढ्ने सरोकारवाला निकायले बताएका छन ।