Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

समृद्ध नगर बनाउने अभियानमा छौ : नगर प्रमुख रिजाल

खस राजा नागराजको शीतकालीन राजधानीको रूपमा रहेको दुल्लुलाई प्राचीन कालमा दुर्लङ्घ्य पर्वत अथवा दुर्लङ्घ्य देश भनिन्थ्यो । वि.सं. १४५३ वैशाख पूर्णिमा तत्कालीन खस राजा संसारी वम्मले दुल्लु राज्यको स्थापना गरेर आफू राजसिंहासनमा बसेको कुरा ऐतिहासिक वर्णनहरूमा उल्लेख पाइन्छ । संसारी वम्मको पालामा दैलेखको बेलापुर राज्य पनि दुल्लु राज्य अन्तर्गत पर्दथ्यो । त्यस बेला यो राज्यको सिमाना पूर्वमा जाजरकोट राज्य, पश्चिममा डोटी राज्य राज्य, उत्तरमा जुम्ला राज्य र दक्षिणमा धुली कोट राज्यसम्म रहेको थियो। आधुनिक दैलेख जिल्लाको सम्पूर्ण भू–भाग यो राज्यमा समेटिएकोले यो राज्यलाई नै दैलेख राज्य भनिन्थ्यो । विभिन्न शिलालेखहरूमा यस ठाउँलाई दुर्लभ प्रदेश, दुल्लु, दुर्लङ्घ्य नगर भनेर लेखिएको छ । यी नामहरू कसरी रहन गएका हुन् भन्ने कुरा यकिन गर्ने कुनै ठोस प्रमाण न भेटिए पनि बालेश्वर शिवालय र धुलेश्वर पर्वतको बिचमा रहेको नाग दुलोको नामका कारण यो क्षेत्रको नाम “दुलो” भएको र पछि दुल्लु राखिएको हो भन्ने कुरा स्थानीय जनश्रुतिमा पाइन्छ ।

संसारी वम्मपछी वि.सं. १४७५ मा दुल्लु राज्य टुक्रिएर दैलेखतर्फ बेलापुर राज्यको स्थापना भयो । त्यसपछि दुवै राज्यको सिमाना बिचमा पर्ने छामघाटले छुटाएको थियो । नेपाल एकीकरणको क्रममा गोर्खाका राजकुमार बहादुर शाहले विक्रमको १७ औँ शताब्दीको अन्त्य तिर दुल्लु राज्य नेपालमा गाभिए पनि २००७ सालको प्रजातन्त्र प्राप्ति पछि मात्र दुल्लु राज्य भुरे राजाको शासनबाट मुक्त भएको थियो । दुल्लु कृतिखम्म स्थित नेपाली भाषाकै पहिलो शिलालेख मानिने दामुपालको शिलालेख, कृतिखम्ब, धर्मगद्धी, पौवा जस्ता अन्य शिलालेखमा दुल्लुको ऐतिहासिक वर्णन कुदिएको छ । २०१८ साल देखी दुल्लु एक गाउँ विकास समितिमा मात्र सीमित रहन पुगेको थियो । दुल्लु गाउँ विकास समितिको रूपमा रहेको दुल्लुमा आसपासका ६ वटा गाउँ विकास समितिहरू (दुल्लु, नेपा, नाउलेकटुवाल, पादुका, बडलम्जी र छिउडीपुसाकोट) लाई समायोजन गरी वि.सं. २०७१ वैशाख २५ गत्ते दुल्लु नगरपालिका घोषणा भई २०७१ ज्येष्ठ ५ गते विधिवत् रूपमा स्थापना गरिएको थियो । राज्य पुनर्संरचनाको क्रममा २०७३ साल फागुन २७ गते साबिकका गमौडी, कालभैरव, गौरी र मालिका गाउँ विकास समितिहरू समेत समायोजन भई दुल्लु नगरपालिकाको क्षेत्र विस्तार भएको हो । १५६.७७ वर्ग किलोमिटर फैलिएको नगरपालिकामा २०७८ को जनगणना अनुसार ३९ हजार १४३ जनसङ्ख्या रहेको छ । स्थानीय तहको निर्वाचन २०७९ मा नेपाली काँग्रेस बाट नगरपालिकाको प्रमुखमा विजयी हुनुभएका भरत प्रसाद रिजाल सँग एक वर्षे कार्यकालमा भएका काम,आगामी योजना र नागरिकका जनअपेक्षाका विषयमा मेरो कर्णाली अनलाइनका प्रकाशक/सम्पादक कमल शर्माले गरेको संक्षिप्त कुराकानी ।
नगर प्रमुखका रूपमा यहाँको एक वर्षे कार्यकाल कस्तो रह्यो ।
नगर प्रमुखमा विजयी गराउनुहुने दुल्लु नगरपालिकाका सम्पूर्ण मतदातालाई सर्व प्रथम त धन्यवाद दिन चाहन्छु ।दुल्लु नगरपालिकाको नेतृत्व गर्न योग्य ठानेर मत दिनुभयो त्यो जिम्मेवारीलाई इमानदारी पूर्वक निवार गर्ने प्रयासमा लागेको छु । तर जनताका बिचमा सत्ता बाहिर हुँदा गर्ने कुरा सत्तामा हुँदा गर्न सकिने कुरामा केही फरक पार्दो रहेछ । स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले नगरको विकासका लागि सबै दल, नागरिक समाज र सामाजिक सङ्घ संस्थाको सहयोगबिना एक्लो नगर प्रमुखले केही गर्न सक्ने रहेनछ । दुल्लु नगरपालिकाको कार्यपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसको बराबर सदस्य भए पनि दुल्लुको विकासका लागी हामी एकै ठाउँमा आएका छौँ । यो अवधि हामीले निर्विवाद नगरेर २५ वटा कार्यपालिकाका बैठक र तीन वटा नगर सभा गरेका छौँ । हाम्रा नगर बासीका धेरै आवश्यकता छन् तर सीमित स्रोत र साधनका कारण सबै समस्या र आवश्यकता परिपूर्ति गर्न सकेको छैनौँ । तर सबै कामलाई पूर्णता दिनका लागी पाइप लाइनमा लिएका छौँ र आफ्नो कार्यकालमा उक्त कामहरू गर्नेछौँ ।
दुल्लु नगरपालिकाको विकासका लागी मलाई जिताउनु भन्नुभयो । तपाई निर्वाचित भएको एक वर्ष हुँदा दुल्लु नगरपालिकामा के काम गर्नुभयो ? 
दुल्लु नगरपालिकाको आन्तरिक आम्दानी छैन प्रदेश सरकार र सङ्घीय सरकार बाट आएको बजेट बाट दुल्लु नगरपालिका चलाउनु पर्ने अवस्था छ । मुलुकमा देखिएको आर्थिक मन्दीका कारण सङ्घीय सरकार र प्रदेश सरकार बाट समेत बजेट घटेर आएपछि हामीले भने जति पूर्वाधार विकासका कामहरू गर्न सकेको छैनौ । सङ्घीय सरकारले राजश्व बाड फाँड बाट आउनु पर्ने रकम नआएपछि दुल्लु नगरपालिकामा कार्यरत ४६ जना स्थायी कर्मचारीलाई तबल खुवाउन सकेको थिएनौँ । दुल्लु नगरपालिकाका प्रमुख समस्या भनेको भौतिक पुर्बधारहरु, सडक,खानेपानी,शिक्षा,स्वास्थ्य समस्या प्रमुख समस्या छन् । त्यस मध्ये तल्लोडुगेश्वर देखी दुल्लु सडक चादनीचोक देखी राति माटा सम्म चार किलोमिटर सडक थियो कालोपत्रेको मात्र भएको थियो भने हामी निर्वाचित भएर आएपछि १७ किलोमिटर सडक कालोपत्रे गरेका छौँ । माथिल्लो डुगेश्वर दुल्लु सडक विनायकमा एक किलोमिटर सडक मात्र कालोपत्रे भएको थियो भने अहिले ११ किलोमिटर सडक कालोपत्रे गरेका छौँ । दुल्लुको प्रमुख बजार केन्द्र चादनीचोकको अवस्था नाजुक थियो । हामी निर्वाचित भएर आएपछि त्यसलाई आरसिसी गरेका छौँ । चादनीचोक देखी शान्तीबजार सम्म पुग्ने बाटोको स्तर उन्नति, चादनीचोक देखी घियातिदु सम्मको सडकलाई प्रमुख प्राथमिकतामा राखेर काम सुरु गरेको भए पनि ठेकेदारका कारण यो वर्ष निर्माण सम्पन्न गर्न सकेनौ । अर्को वर्ष हामीले त्यसलाई कालोपत्रे गर्नेछौँ । बिुद्यतका क्षेत्रमा यो वर्ष दुल्लु नगरपालिकाका १३ वटै वडामा विद्युत् बिस्तार गरी बिद्युत बाल्ने लक्ष्य लिएका थियौँ । विद्युत् बिस्तारका लागी नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र र दुल्लु नगरपालिकाको साझेदारीमा तीन करोडको काम भइरहेको छ । अर्को सङ्घीय सरकार बाट पाँच करोडको ठेक्का भएर ठेक्का समेत ठेकेदारले काम पाइसकेको भए पनि नेपालको खरिद पद्धतिका कारण ठेकेदारले नै काम ढिलो गरिदिने समस्याले यो वर्ष विद्युतीकरणको काम सम्पन्न गर्न सकेनौँ । आगामी वर्षमा दुल्लुका प्रत्येक नागरिकको घरमा बिद्युत बाल्नेछौँ ।
दुल्लु नगरपालिकाको ८० प्रतिशत भू–भाग गुठिका नाम दर्ता छ । त्यसको समस्या समाधान गर्न के पहल गर्नुभयो  ? 
दुल्लु नगरपालिकाका ८० प्रतिशत भन्दा बढी जग्गा गुठीमा छ । हामीले गुठीमा रहेको जग्गा लाई रैकरमा परिणत कसरी गर्न सकिन्छ भनेर गुठी संस्थानका केन्द्रीय अध्यक्ष ल्याएर दुल्लुमा कार्यक्रम ग¥यौँ । त्यसले दुई वटा समस्या समाधान ग¥यो । गुठीको जग्गामा बनेका घरहरूले विद्युत्का मिटर नपाउने अवस्थाको अन्त्य भयो । हामीले गुठीको जग्गामा घर भएकाले १० हजार धरौटी राख्नु पर्ने अवस्था थियो त्यसलाई हामीले रैकर सरह कर बुझाएर विद्युत्का मिटर पाउने व्यवस्था भयो । अर्को जग्गा जति गुठीमा भएका कारण जनताले हामीले बैक बाट ऋण लिन समेत समस्या भएको देखेपछि गुठिसस्थानले नै राष्ट्र बैकलाई पत्राचार गरेको र त्यसको बोर्धाथ समेत दुल्लु नगरपालिकाले प्राप्त गरेको छ ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि के कस्ता प्रयास गर्नुभएको छ ?
स्वास्थ्यका क्षेत्रमा हामीले निर्वाचन जित्ने बेलामा नै दुल्लु अस्पतालमा सुत्केरी हुन नसकेको महिलाहरूलाई बाह्य जिल्लामा लैजाँदा लाग्ने एम्बुलेन्सको भाडा निर्णय गरे बमोनीम त्यो सुविधा दिएका छौ दुल्लु अस्पतालमा एमडिजीडीपी डाक्टरको व्यवस्था गरेका छौँ । अव कुनै पनि सुत्केरीले बच्च जन्माउन नसकेकै कारण मृत्युवरण गर्न पर्ने अवस्था छैन । दुल्लु अस्पतालमै १४ जनाको सिएस् र २५ वटा अन्य साना अप्रेसन गरेका छौँ । त्यो सँगै दीर्घ रोगी भएका नागरिकलाई समेत निःशुल्क औषधीको व्यवस्था समेत गरेका छौँ ।
दुल्लु नगरपालिकामा खानेपानी समस्याको समाधान गर्न के के पहल गर्नुभएको छ ?
दुल्लु नगरपालिकामा खानेपानी समस्याको समाधान गर्न कर्णाली लिफ्टिङ र लोहोरे लिफटिङ आयोजना निर्माणको अन्तिम चरणमा रहेको छन् । यो निर्माण सम्पन्न भएमा मालिका बाट र कोटाथला बाट खानेपानी वितरण गर्छौ त्यसले खानेपानीको समस्यालाई समाधान हुनेछ ।
दुल्लु खस राजा नागराजको सित कालिन क्षेत्र हो यहाँको विकास र पर्यटन प्रबर्घन गर्न नगरपालिकाले के के काम गरेको छ ।
दुल्लु नगरपालिका ऐतिहासिक पुरातात्त्विक,धार्मिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण क्षेत्र हो । यहाँको पञ्चकोशि क्षेत्र (शिरस्थान,नाभि स्थान,पादुका,धुलेश्वर) मध्ये धुलेश्वर र पादुका,यस नगरपालिका पर्छन् भने शिरस्थान र नाभि स्थान भूगोलले जोडिए पनि भैरवी गाउँपालिकामा पर्छन् । यहाँ अन्य विभिन्न जातजातिको उद्गम थलो भएका कारण पनि महत्त्वपूर्ण छ । त्यस्तै मालिका मन्दिर लगायतका महत्त्वपूर्ण धार्मिक क्षेत्र छन् । हाम्रो प्रमुख पर्यटन पूर्वाधार भनेको पञ्कोशी पूर्वाधार हो । पञ्चकोकी क्षेत्र धार्मिक क्षेत्र हो । यसको संरक्षणका लागी हामीले पहल गरेर सङ्घीय सरकारको बजेट बाट पञ्चकोकी विकास भनेर बजेट समेत विनियोजन गरेको छ । त्यस्तै प्रदेश सरकारले पनि पञ्चकोकी पर्यटन पूर्वाधार विकास बजेट विनियोजन गरेको छ । पर्यटनका क्षेत्रमा दुल्लुमा रहेको शीतकालीन दुल्लु दरबार,दामुपालको पालामा निर्माण भएको पाथ्थर नाउली कुवा, मालिका मन्दिर,र दुल्लुमा निर्माण गरिएको साहित्यिक उद्यान निर्माण लगायतका कामहरू पर्यटनका क्षेत्रमा गरेका छौँ ।
नगरपालिकामा आउने बजेट मध्ये धेरै जसो शिक्षा क्षेत्रमा खर्च भएको छ । तर शिक्षाको गुणस्तर सुधार हुन सकेन त्यसका लागी योजना बनाउनुभएको छ की छैन ?
सही प्रश्न गर्नुभयो । हामीले मात्र होइन नेपालको धेरै जसो बजेट शिक्षा र स्वास्थ्यका क्षेत्रमा खर्च हुने गरेको अवस्था छ । शिक्षा क्षेत्रमा पञ्चकोकी बहु प्राविधिक शिक्षालयमा चार वटा फ्याकल्टी सञ्चालन गरेका छौँ र अहिले स्वास्थ्य सम्बन्धी थप फ्याकल्टी ल्याउने तयारी गरेका छौँ । इन्जिनियरिङ क्याम्पसको भवन निर्माणका लागी बुहवर्षिय ठेक्का भएर काम सुरु हुदैछ । माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहको हुने भनिए पनि ऐन, कानुन बन्न सकेको छैन । नगरपालिकाले चाहेर पनि शिक्षकको बढुवा, दण्ड–जरिवाना, पुरस्कार दिन सक्ने अधिकार छैन । साँच्चै भन्ने हो भने स्थानीय सरकार तलब बाँड्ने अड्डा जस्तो मात्र भएको छ । दुल्लु नगरपालिकामा निजी स्रोत बाट राखिएका शिक्षकहरूलाई हामीले हटाएका छौँ । वडामा भएको बितिए सामानीकरणको बजेट बाट विद्यालयलाई अनुदान दिने र शिक्षकहरू आफू अनुकूलका शिक्षक नियुक्ति गर्ने परम्परा थियो । बितिए समानीकरण बाट तलब भत्ता खुवाउन नपाइने र त्यसलाई महालेखापरिक्षको कार्यालयले बेरुजु निकाल्ने र बेरुजु असुल उपर गर्नु पर्ने र नगरेको खण्डमा सङ्घीय सरकार बाट आउने सशर्त अनुदानको रकम समेत घटेर आउने भनेपछि नगरपालिकाको अनुदानमा राखिएका शिक्षकको करार सम्झौता नवीकरण नगर्ने भयौ । त्यो सँगै विद्यालयका लेखापाल र बालबालिका शिक्षक शिक्षिकालाई १५ हजार तलव भत्ता खवाउने सङ्घीय सरकारको परिपत्र अनुसान तलब भत्ता खुवायौँ । त्यसमा समेत महालेखापरीक्षकको कार्यालयले यसरी बितिए समानीकरणको रकम बाट तलब भत्ता खुवाउन नपाउने भनेपछि उहाँहरूले आन्दोलन समेत गर्नुभ¥यो । ६९ जना करार शिक्षकलाई राख्न नसके भएपछि त्यसको समस्या समाधान गर्नका लागी दुल्लु नगरपालिकामा रहेका विद्यालयहरूको प्रा विको दरबन्दी मिलान ग¥यौँ । त्यसले शिक्षकको समस्या समाधान भएको छ । केही विद्यालयमा देखिएको समस्यालाई समाधान गर्न कार्यपालिका बाट निर्णय गरेर पठाउँछौँ । त्यसले शिक्षामा सुधार गर्ने उद्देश्य समेत राखेका छौँ ।
दुल्लु नगरपालिकाको विकासका लागी सङ्घीय सरकार र प्रदेश सरकार सँग समन्वय कसरी गरिरहनुभएको छ ? 
सङ्घीय सरकार र प्रदेश सरकार सँग समन्वय भइरहेको भए पनि पूर्णतया छैन । प्रदेश सरकारको कुरा हेर्न हो भने प्रदेश सँग समन्वय राम्रो नभएको कारण प्रदेश सरकार बाट दुल्लु नगरपालिकामा निर्माण भएका विकास निर्माणका कामहरू गुणस्तरीय हुन सकेका छैनन् । सङ्घीय सरकार बाट आउने योजना वा बजेट नगरपालिकामै आउने हुँदा त्यसको कार्यान्वयन हामीले लागी रहेका छौँ । प्रदेश सरकार बाट आउने योजनाहरू प्रदेश सरकार मातहत रहेको कार्यालय बाट आउने कहिले आउँछ,कसरी आउँछ, कसले निर्माण गर्छ भन्ने समेत जानकारी नहुने समस्या छ । प्रदेश सरकार मातहत रहेको कार्यालयले समन्वय र सहकार्य नगरपालिका सँग नगर्ने समस्या रहेको छ । सङ्घीय सरकारले अघिल्लो र्आिक वर्षमा दुल्लु नगरपालिकामा ९६ करोड रुपियाँ दियो तर प्रदेश सरकारले हामीलाई विश्वास नगर्ने र प्रदेश सरकार मार्फत आउने १० करोड जत्तिको बजेट प्रदेश सरकार महतताका कार्यालय बाट सञ्चालन हुने हुँदा त्यसले देशको अर्थतन्त्रमा समेत भार पारेको छ । सिधै बजेट हाल्दिएको भए प्रदेश महाततमा रहेका कार्यालयमा कर्मचारी, र ब्यबस्थानको समेत खर्च बच्ने थियो । कर्णालीका ७९ स्थानीय तहले यो आवाज उठाएका छौँ तर त्यसको सुनुवाइ भएको छैन ।