Loading... आजः शुक्रबार, बैशाख ५, २०८२
Trending

प्रदेश अस्पताल सुर्खेतमा थपीयो मुटुरोग विशेषज्ञ सेवा


सुर्खेत  :   कर्णाली प्रदेश अस्पताल सुर्खेतले मुटुरोग बिशेषज्ञ सेवा सुरु गरेको छ । अस्पतालले मुटुरोग सम्बन्धी समस्या भएका विरामीहरुको सहज र प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले ओपिडी सेवाको सुरुवात गरिएको प्रा।डा। निर्देशक डम्बर खड्काले जानकारी दिए ।

सुर्खेतबाटै यो सेवा शुरू गरिएपछि उपचारका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास अस्पतालको छ । खासगरी मुटु रोग बच्चा, वयष्क र प्रौड एवं पाको व्यक्तिलाई लाग्ने गर्दछ । पछिल्लो समय मुटु रोगको समस्या बोकेर बसेका युवाको संख्या पनि निकै ठूलो छ । २५ बर्षभन्दा कम उमेरका तन्नेरी समेत मुटु रोगको जोखिममा छन् । अस्पतालले एक बिज्ञप्ती जारी गरी जानकारी दिएको छ ।