Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

घुम्ती शिविर मार्फत व्यबसाय दर्ता र नविकरण


दैलेख  :   जिल्लाको गुराँस गाउँपालिकाले गाउँपालिकाको आम्दानीको स्रोत बढाउन व्यवसाय दर्ता तथा नविकरण सम्बन्धी घुम्ति शिविर संञ्चालन गरेको छ । गुराँस गाउँपालिकाका सबै वडामा रहेका ब्यबसायीहरुको अभिलेख अध्यावधिक गर्न,संचालनमा रहेको पसलहरुलाई दर्ता गरेर करको दायारामा ल्याउने उद्देश्यले साउन १४ देखी थालिएको ब्यबसाय दर्ता तथा नविकरण घुम्ती शिविर संञ्चालन गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
गुराँस गाउँपालिका –८ वडाध्यक्ष एवम गुराँस गाउँपालिकाका प्रवक्ता दिपेन्द्र ओलीले गुराँस गाउँपालिका लघु उद्यम विकास शाखाको आयोजनामा संचालन गरिएको घुम्ती शिवीरमा दुई सय ५२ वटा नयाँ ब्यबसाय दर्ता भएको र ५२ वटाको नविकरण भएको जानकारी दिए । उनले कृषि तथा पशुपंक्षी तर्फ ९८,खाद्यखुद्रा ७३,होटल ३९ ,फेन्सी तथा कस्मेटिक छ वटा, औषधी पसल पाँच वटा, उद्योग मिल चार वटा स्टेशनरी पसल तीन वटा,सिलाईकटाई पाँच वटा, बिजुली पसल चार वटा,सुनचाँदी पसल तीन वटा,फर्निचर दुई वटा वर्कसप दुई वटा,हार्डवयर पाँच वटा,एग्रोभेट तीन वटा र मासु पसल दुई वटा दर्ता भएको जानकारी दिए ।
हामीले हाम्रो ब्यबसाय गरेपछि राज्यलाई समेत कर तिर्नु पर्छ र हामीले तिरेको कर बाटै नगरपालिकालाई समृद्धि बनाउन सकिन्छ भन्ने नागरिकलाई सचेतना फैलाउन शिविरले महत्वपुर्ण योगदान पु¥याउने गाउँपालिकाले विश्वास लिएको प्रवत्ता ओलीले बताए ।
फोटो क्याप्सन ः उद्योगीलाई ब्यबसाय दर्ता प्रमाणपत्र दिदै प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसी । कमल शर्मा