घनश्याम उपाध्याय सचिवमा बढुवा
दैलेख : काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा भएका छन । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको होे । दैलेखको सदरमुकाम नारायण नगरपालिका ३ भूर्तीका स्थानीय बासिन्दा घनश्याम उपाध्याय कर्णालीबाट सचिव हुने उपाध्याय पहिलो व्यक्ति समेत बनेका छन ।
कार्य सम्पादनका आधारमा सरकारले उपाध्यायलाई बढुवा गरेको हो । यससँगै प्रशासनतर्फ कर्णालीबाट सचिव हुने उपाध्याय पहिलो व्यक्ति बनेका हनु ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि कार्य सम्पादन मूल्याङ्कनका आधारमा घनश्याम उपाध्याय, लक्ष्मी बस्नेत र दिनेश घिमिरेको नाम सिफारिस गरेको थियो ।
२०७९ भदौ २२ गतेदेखि काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी रहेका उपाध्यायले उपत्यकामा रहेर दुई वटा निर्वाचन सम्पन्न गराएका थिए । उपाध्याय निजामती सेवामा स्वच्छ छविका प्रशासकका रूपमा चिनिएका छन ।