गुडिरहेको बसमा करेन्ट लाग्दा तीनजनाको मृत्यु
सल्यान : सल्यानमा गुडिरहेको यात्रुबाहक बसमा करेन्ट प्रवाह हुँदा घटनास्थलमै तीनजनाको मृत्यु भएको छ । राप्ती लोकमार्गअन्तर्गत दाङ सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा १ ख ८३४ नम्बरको बसलाई छुँदा करेन्ट प्रवाह भएको थियो ।
करेन्ट लागेर मृत्यु हुनेहरुमा रोल्पाको गङ्गादेव गाउँपालिका–४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उहाँका ४० वर्षीय छोरा टोपलाल डाँगी रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए । उपचारका लागि अस्पताल लगिएका एकजनाको निधन भएको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार बसधनी सल्यान छत्रेश्री गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय महेन्द्र ओली गम्भीर घाइते भएका थिए । गम्भीर घाइते ओलीलाई उपचारका लागि दाङतर्फ पठाइएको घटनास्थलमा रहनुभएका कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए ।
दाङबाट सल्यान खौलातर्फ जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा करेन्ट प्रवाह भएको बताइएको छ ।