Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

पुख्र्यौली गाउँमा प्रधानमन्त्री दाहाल


दैलेख  :  प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड पुख्र्यौली थलो दह गाउँमा पुगेका छन । दैलेखको दुल्लु नगरपालिका –१२ दहगाउँमा कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठान केन्द्रिय कार्यालय काठमाण्डौँले अयोजना गरेको बत्स गोत्रीय दहाल, लम्साल,रुपाखेती कुवर राणा परिवारका आदी पुरुष कुल शिरोमणी दासुको सालिक(प्रतिमा) अनावरण गर्न पुख्र्यौली गाउँ दहमा पुगेका हुन ।
प्रधानमन्त्री दहाल प्रचण्डले आफ्ना पुर्खाहरु बसेको ठाउँमा आएर प्रतिमा अनावरण गर्न पाउँदा खुसी भएको बताए । उनले आफ्नो बुबाले आफ्नो पुख्र्यौली थलो पश्चिम रहेको बताए पनि जुम्लाको दह वा दैलेखको दह कहाँ हो भन्ने पुष्टि हुन नसकेको बेला दहगाउँमा आफुहरुको पुख्र्यौली थलो भएको पुष्टि भएको बताए । उनले भने दहगाउँको मात्र विकास नभएर समग्र दैलेखको र पञ्चकोशी क्षेत्रको विकासका लागी पर्नेछौँ ।
प्रधानमन्त्री प्रचण्डले नेपालमा रहेको प्राकृतिक सम्पदा ,पर्यटन विकास मात्र देशको समृदि ल्याउने बताउँदै त्यसका आधारमा भारत सरकार संग विद्युत खरिद सम्झौता गरिएको जानकानरी दिए । उनले देशले आर्थिक संकट भोगीरहेको बेला आफु प्रधानमन्त्री भएको बताउँदै देशको आर्थिक अवस्था बिस्तारै सुधार हुदै गएको बताए । आर्थिक संकटलाई समानधान गर्ने, छिमेकिसँगको सम्बन्धलाई मजवुद बनाउने शुशासन कायम गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै राष्ट्रिय एकताका लागि सबै जात जातिको भुमिका महत्त्वपूर्ण हुने प्रधानमन्त्रि प्रचण्डले बताए । प्रधानमन्त्री दाहाललाई कुल शिरोमणि स्मृति तथा अनुसन्धान प्रतिष्ठानले दैलेखमा अविन्नदन समेत गरेको छ ।
बत्सगोत्रीय बन्धुहरुको तर्फ बाट बोल्दै प्रतिनिधि सभाका निर्वतमान सांसद रबिन्द्रराज शर्माले कर्णालीको विकासका लागी प्रधानमन्त्रीले विशेष आयोजना संञ्चालन गर्नुपर्ने बताए । उनले दैलेखमा रहेको पेट्रोलीयम पर्दाथको अन्बेषण, नेपालगञ्ज हुदै नाग्चेनाग्ला सम्म जोड्ने त्रिदेशी सडक,पञ्चकोशी क्षेत्रको गुरुयोजना अनुसार विकास गरी दैलेखलाई पर्यटकीय हव बनाउँन विशेष ध्यानदिनु पर्ने बताए । प्रधानमन्त्री पुष्पकलम दहाल प्रचण्डले दैलेखको श्रीस्थानमा उत्खनन गर्न लागिएको पेट्रोलियम पदार्थको अन्बेषणका लागी भएका कामको प्रगती र त्यसको हवाई अवलोकन समेत गरेका थिए ।