Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

आगलागीमा परी घाईते भएकाहरुको उद्दार, पाँच जनाको अवस्था चिन्ताजनक

आगलागी परी घाइतेभएकाहरुको हेलिकप्टर मार्फत उद्धार गरिदै । तस्बिर नेपाल प्रहरी

दैलेख  :  दैलेखको सामुदायिक वनमा आगलागी हुँदा घाईते भएकाहरुको उद्दार गरिएको छ । आठविस नगरपालिका–६ मा रहेको सल्लेरी सामुदायिक वनअन्तर्गत माल्यामा भएको आगलागीमा परि दश जना घाईते भएका थिए । घाइते मध्ये पाँच जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक किशोर लम्सालले घाइतेहरु हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको जानकारी दिए । उनले आठबिस नगरपालिका –६ का ३८ वर्षिय भैरै बिक, ३२ वर्षिय नबिन बिक,वर्ष २८ को प्रजा बिक, ३६ वर्षिया मैना बिक लाई उद्धार गरी पठाइएको र वर्ष ४० को बसुन्धारा बिकलाई लिन हेलिकप्टर आइरहेको जानकारी दिए ।
उनले आगलागीमा परी वर्ष २५ को जुना बिक,वर्ष २९ को मिना बिक,वर्ष १७ को छत्रा विक, वर्ष ५५ को मोतिराम कामी, वर्ष १८ को जुना विक सामान्य घाईते भएको र उनीहरुको आठविस नगरपालिमा रहेको आधारभुत अस्पतालमा उपचार भइरहेको जानकारी दिए । उनले कोहोलपुर मेडिकल कलेजमा उपचारको लागी लगिए पनि त्यहा उपचार सम्भव नभए पछि भेरी अस्पताल नेपालगञ्ज उपचार सुरु गरिएको जानकारी दिए ।
आठबिस नगरपालिका –४ को भेलतडी बाट वडा नः –६ राँता जोडन्े गोरेटो बाटो खन्न गएका थिए । सामुदायिक बनमा आगलागी भएपछि उनीहरु आगलागी बाट बच्न ओडारमा जानेक्रममा भागदौड मच्चिएको थियो । आठबिस नगरपालिका –६ स्थानीय बल बहादुर थापाले सामुदायिक बनमा आगलागी भएको थाहाँ पाएपछि आगलागी बाट बच्न भागदौड मच्चिएको र त्यसै क्रममा आगोमा परेर घाइते भएको आगलागीमा परेका घाइतेहरुले बताएको जानकारी दिनुभयो । आठबिस नगरपालिकाका नगर प्रमुख तर्क बडुवालले सुरुमा आगलागीमा १२ जना परेको भन्ने खवर आएपनि दश जना मात्र रहेको जानकारी दिए । उनले १२ जना भन्ने खवर आयो उद्धार गर्न जाँदा दश जना भेटिए गम्भिर घाइतेहरुको उद्धार गरी सकेको र अन्यलाई पठाउनेकी नपठाउने भन्नेमा छलफल भइरहेको जानकारी दिए । उनीहरु सबै प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारीमा लागेका थिए ।