Loading... आजः मङ्लबार, बैशाख ९, २०८२
Trending

आगलागीमा परेर १२ जना घाईते

फाइल फोटो

दैलेख  :  दैलेखमा आगलागीमा परेर १२ जना घाइते भएका छन । जिल्लाको पश्चिममा पर्ने आठबिस नगरपालिका –६ मा रहेको (माल्या) सामुदायिक बनमा लागेको आगोमा परी १२ जना घाइते भएका हुन । आठबिस नगरपालिका –४ को भेलतडी बाट वडा नः –६ राँता जोडन्े गोरेटो बाटो खन्न गएका १२ जना आगलागीमा परी घाईते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यलय दैलेखका प्रहरी प्रमुख(डिएसपी) किशोर लम्सालले आगलागीमा परी १२ जना घाइते मध्ये चार जनाको अवस्था गम्भिर रहेको जानकारी दिए । उनले घाइतेहरुको आठबिस नगरपालिका –४ मा रहेको राकमकर्णाली आधारभुत अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागी बाह्य जिल्ला पठाउन हेलिकप्टर मगाइएको जानकारी दिए । उनले दिएको जानकारी अनुसार भैरव विक ,बसुन्धरा बिक,प्रकाश बिक,नैना बिकको अवस्था गम्भिर रहेका छन ।
आठबिस नगरपालिका –६ स्थानीय बल बहादुर थापाले जंगलमा आगो लागेको थाहाँ पाएर ओडारमा जानेक्रममा भाग दौडमा परेकाहरु घाइते भएको बताए । उनले आगो नजिकै आएपछि ओडारमा जाने क्रममा केही भागदौड मच्चियो ओडारमा पुग्ने सक्ने सामान्य घाइते भएपनि अन्य चार जनाको अवस्था चिन्ताजक रहेको जानकारी दिए । आठबिस नगरपालिकाका नगर उप प्रमुख कल्पना थापाले गम्भिर घाइतेभएकाहरुलाई हेलिकप्टर बाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेतमा पठाउने तयारी गरिएको जानकारी दिइन । उनले गम्भिर घाईतेभएकाहरुलाई पहिलो चरणमा पठाउने र अन्यलाई पनि सुर्खेतमै पठाउने ब्यबस्था गर्न लागिएको जानकारी दिइन ।