कर्णाली चिनाउन साहित्यिक पर्यटन यात्रा
दैलेख : कर्णाली प्रदेशमा रहेका ऐतिहासिक,पुरातात्त्विक,धार्मिक र सांस्कृतिक सभ्यतालाई साहित्य मार्फत चिनाउनका लागी साहित्य पर्यटन यात्रा सुरु गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र प्रगतिशील लेखक सङ्घको सहकार्यमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई सहित ८२ जना साहित्यकारको टोली कर्णाली प्रदेशको साहित्यिक पर्यटन यात्रामा निस्केको हो ।
नेपाल प्रज्ञा परिषद्का सदस्य डाक्टर मधुसुधन गीरीले कर्णाली प्रदेशमा रहेको ऐतिहासिक पुरातात्त्विक र सास्कृतीक र धार्मिक सम्पदाहरूको अध्ययन अनुसन्धानका लागी साहित्यकारको टोली कर्णालीको यात्रामा निस्केको जानकारी दिए । उनले ज्वाला, सिजा र कर्णाली सभ्यताकाको अध्ययन सँगै यहाँको पर्यटन प्रवर्द्धन गर्नका लागी टोली कर्णाली प्रदेशमा पर्यटन यात्रा सुरु गरिएको बताए । उनले भने कर्णाली प्रदेश नेपाली भाषाको उद्गम स्थल सिजा पुग्ने र त्यहाँ बाट मुगुको रारामा साहित्यकारको गोष्ठी आयोजना गर्न लागिएको छ ।
टोलीले शनिवार दैलेखको दुल्लुमा रहेको बिस १०३८ सालमा दामुपालको शिलालेख, र ३६ वटा राजाहरूको इतिहास लेखिएको अशोक चल्लाको पालाको किर्तिखम्ब भएको सिजा राज्यको प्रशासनिक केन्द्रको अवलाकेन, दैलेखमा रहेको पञ्चकोकी ज्वाला क्षेत्र, ऐतिहासिक कोत गडी लगायतको अनुगमन समेत गरिएको थियो । प्रज्ञा परिषद् सदस्य डा ः गिरीले २०२७ सालमा नेपाल प्रज्ञा परिषद्का कुलपति सत्यमोहन जोशी नेपाल भाषाको उद्गमस्थल रहेको जुम्लाको सिजा सम्म पुगेको भए पनि अहिले सम्म अन्य पदाधिकारी नपुगेका र यसको प्रचार प्रसार हुन नसकेपछि आफूहरूले प्रज्ञापरिषद सँग समन्वय गरी पर्यटन यात्रामा निस्केको जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा ज्वाला सभ्यताका विषयमा प्रा डा जगत् प्रसाद उपाध्याय,सिजा सभ्यताका विषयमा प्रा डा जितेन्द्रदेव गिरी,कर्णाली सभ्यताका विषयमा डा मधुसुधन गीरी कर्णाली प्रदेशका धार्मिक तथा ऐतिहासिक सम्पदाका विषयमा तिलक रिजाल र दुल्लु क्षेत्रका धार्मिक तथा ऐतिहासिक अभिलेखका विषयमा कर्णाली प्रदेश सभा सदस्य घनश्याम भण्डारीले आफ्नो धारणा व्यक्त गरेका थिए । रारा साहित्यिक पर्यटन यात्रामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई,प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुबेदी,प्रज्ञा परिषद् सदस्य मधुसुध गिरी,डा कृष्णराज अधिकारी,बाबा बस्नेत,डा कौशीला रिसाल,अगिव बहादुर नेपाली,प्रज्ञा परिषद्का पूर्व सदस्य सचिव डा जीतेन्द्रदेव गिरी,जगत् प्रसाद उपाध्याय,वरिष्ठ सस्कृतिबिद तथा लोकवार्ता परिषद्का अध्यक्ष प्रा डा प्रेम बहादुर खत्री,सङ्गीत तथा नाट्यका पूर्व प्रज्ञा नमुना शर्मा लगायत ८२ जना साहित्यकारको टोली रहेको छ ।
नेपाल प्रज्ञा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले पूर्व र पश्चिम क्षेत्रमा रहेको साहित्यकारको टोलीले कर्णालीमा रहेको धार्मिक ऐतिहासिक सम्पदाका विषयमा छलmफल गर्नका लागी मुगुको रारामा साहित्यिक गोष्ठि आयोजना गर्न लागिएको जानकारी दिए । उनले संस्कृति सँग जोडिएका ऐतिहासिक पुराताव्तीक, धार्मिक, सांस्कृतिक सम्पदालाई पर्यटन सँग जोड्न आफूहरू लागि परेको बताए ।