Loading... आजः बिहिबार, कार्तिक २२, २०८१
Trending

दैलेखका ७३ वडामा पुग्यो राष्ट्रिय प्रसारण लाइन


दैलेख  :  दैलेखमा ११ स्थानीय तहका ९० वडा मध्ये ७३ वडामा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र,ग्रामीण विद्युतीय कार्यक्रम र स्थानीय तहको समन्वयमा दैलेखका ११ स्थानीय तहका७३ वडामा राष्ट्रिय प्रसारण लाइन बिस्तार भएको हो । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र दैलेखका प्रमुख गौरव पाण्डेले दैलेखका ११ स्थानीय तहका ९० वडामै राष्ट्रिय प्रसारण लाइन बिस्तारको काम भइरहेको र ७३ वडामा विद्युत् प्रसारण लाइन जोडिएको जानकारी दिए ।

उनले अघिल्लो आर्थिक वर्षको ४२ करोड लागतमा बिद्युत् विस्तारको काम ९० प्रतिशत सकिएको र यो आर्थिक वर्षमा ११ करोड ६२ लाखको काम भइरहेको जानकारी दिए । उनले भने ११ स्थानीय तह मध्ये चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाटिकाँध गाउँपालिका,आठबिस नगरपालिका बाहेक अन्य आठ स्थानीय तहका वडामा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ महावु गाउँपालिकाका तीन वडामा विद्युत् विस्तारका लागी लाइन तानेर चार्ज गरिएको र छिटै बिद्युत बल्ने छ ।

उनका अनुसार चामुण्डाबिन्द्रासैनी नगरपालिका,ठाटिकाँध गाउँपालिका, आठबिस नगरपालिकामा विद्युत् बिस्तार गर्नका लागी नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय र ऊर्जा विकास कार्यालय बाट ३२ करोडको काम भइरहेको छ । वितरण केन्द्रका प्रमुख पाण्डले ११ स्थानीय तह मध्ये, गुराँस गाउँपालिका,भगवतीमाई गाउँपालिका,डुगेश्वर गाउँपालिका,नौमुले गाउँपालिका,नारायण नगरपालिका,दुल्लु नगरपालिका,भैरवी गाउँपालिकामा विद्युत् विस्तार भएको र महावुको तीन वडामा विद्युत् पुगे सँगै आठ वटा स्थानीय तहमा विद्युत् विस्तार हुनेछ ।

राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जाँदा समेत जिल्लामा रहेका हाइड्रोपावर बाट उत्पादन भएको बिद्युतलाई प्रशारण लाइनमा जोडी बिुद्यत आपूर्ति हुने गरेको छ । जिल्लाको नौमुले गाउँपालिका–३ द्धारीमा निर्माण भएको द्धारी खोला हाइड्रोपावर(३.७५) मेगावाट र सोही गाउँपालिका –४ मा निर्माण भएको पदम खोला हाइड्रोपावर(४.५) मेगावाट उत्पादन भएको विद्युतलाई ग्रिड लाइनमा बत्ती नआएको बेला आइसोलेसन हालेर विद्युत् खपत गरिएको वितरण केन्द्र दैलेखले जानकारी दिएको छ ।