Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

संघीय संसदको चालु अधिवेशन अन्त्य


काठमाडौं  :  सङ्घीय संसदको चालु अधिवेशन आज ९शुक्रबार० राति १२ बजेबाट अन्त्य हुने भएको छ। सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्य सम्बन्धी पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको जानकारी दिए । सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार संघीय संसदको चालु अधिवेशन आज राति १२ बजेपछि अन्त्य हुनेछ। चालु अधिवेशन २०७९ पुस २५ गतेबाट सुरु भएको थियो।

आगामी जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गर्नुपर्ने भएकाले चालु दुवै अधिवेशन अन्त्य गरिएको हो। केही दिनभित्रै बजेट अधिवेशनका रुपमा सङ्घीय संसदको बजेट अधिवेशन आह्वान हुनेछ। कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले दुवै अधिवेशन अन्त्य भएको जनकारी पत्रमार्फत् सभामुखलाई जानकारी गराएका हुन ।