तलबभत्ता नै दिन नसक्ने अवस्थामा छैनौं : अर्थमन्त्री
काठमाडौँ : अर्थमन्त्री प्रकाशशरण महतले राष्ट्र सेवक कर्मचारीलाई तलबभत्ता नै दिन नसक्ने अवस्था नरहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित इकोनोमिक समिटमा बोल्दै महतले भने साधारण खर्चको अहिलेको स्थिति हेर्दा तलबभत्ता नै दिन नसक्ने अवस्था होइन । सबैले तलबभत्ता पाउँछन् । यस्तै सामाजिक सुरक्षा भत्ता घटाउन थाल्यो भनेर प्रचार भएको छ त्यो होइन ।ु
साधारण खर्चभित्र पनि गाडी, फर्निचर मसलन्द लगायतका खर्च घटाउनेतर्फ लागिएको उनले बताए । अर्थतन्त्रमा केही चुनौतीहरू रहेकोमा आफू जानकार रहेको उनले बताए । चालु आर्थिक वर्षका लागि लक्ष्यअनुसार राजस्व प्राप्ती हुने सम्भावना नरहेको महतले स्वीकार गरेका छन् । पछिल्ला महिना राजस्व उठाउने दरमा प्रगति हुने भए पनि लक्ष्य हासिल हुन नसक्ने उनको भनाइ छ ।
वाहृय क्षेत्रको समस्या समाधानका लागि आयातमा प्रतिबन्ध लगाउँदा पनि राजस्व घटेको महतले बताए । ुराजस्वको ठूलो भार भन्सारबाट प्राप्त हुने हो उनले भने बर्सेनि पुँजीगत खर्च साधारणभन्दा कम हुँदै गएको छ, यो पनि चिन्ताको विषय हो । अर्कोतर्फ जति पुँजीगत खर्च छुट्याएका थियौं, त्यो पनि खर्च नहुँदा अर्थतन्त्रमा शिथिलता देखियो । विगतमा जग्गाको कित्ताकाट रोकिँदा पुँजी चलायमान हुन नसकेको, सेयर बजार घटेको लगायत कारणले पनि अर्थतन्त्रमा शिथिलता थपिएको उनको भनाइ छ । सम्पूर्ण राज्यसंयन्त्र अर्थतन्त्रका समस्या समाधानमा लाग्नुपर्नेमा उनले जोड दिए । राष्ट्र बैंकले मौद्रिक नीतिमा केही संकुचन गरेको छ, त्यसलाई अलि फराकिलो बनाउनुपर्योु उनले भने जसले ब्याजदर पनि तल आउँछ ।
विकास आयोजनाको माग आएजति रातो बुकमा राख्ने प्रवृत्ति हटाउनुपर्ने उनले बताए । जति स्रोत साधनले योजना भ्याउँछ, ती मात्रै पूर्ण रुपमा कार्यान्वयन गरेर जानेगरी समेट्छौुं महतले भने । अहिले ४ खर्ब रुपैयाँ बराबर रकम भौतिक मन्त्रालयले खर्च सुनिश्चिता मागेको उनले बताए ।साभार कान्तीपुर