Loading... आजः शुक्रबार, चैत्र ३०, २०८०
Trending

बलात्कार प्रयास कसूदारमा साढे तीन वर्ष कैद फैसला

दैलेख  : २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसूरमा दैलेख जिल्ला अदालतले दुल्लू नगरपालिका–९ पादुका गाउँका ३० वर्षीय राजेश योगीलाई साढे तीन वर्ष कैद गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको बुधवारको इजलासबाट फैसला भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिए ।
उनले कसूरदारलाई साढे तीन वर्ष कैद, पीडितलाई १० हजार रुपैंयाँ क्षतिपूर्ति, एक लाख ५० हजार सरकारी कोषमा जम्मा हुने गरी जरिवाना र पीडित राहत कोषमा छ हजार रुपैंयाँ तिनुपर्ने फैसला भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।

२०७९ असोज २९ गते राति घरमा सुतिरहेकी ती महिलालाई बलात्कार प्रयास गरेको पीडित पक्षले कात्तिक २९ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजूरीका आधारमा असोज २९ गते नै पक्राउ गरेको थियो ।