Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

शान्ती प्रक्रियालाई पुर्णता दिन्छौ : उपप्रधानमन्त्री खड्का


सुर्खेत  :  उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले शान्ति प्रक्रियालाई पूर्णता दिन पुरानो गठबन्धन बनेको बताएका छन । शनिबार नेपाल प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताएका हुन ।
‘द्वन्द्वबाट पीडितको मुक्तिका लागि पनि यही प्राकृतिक गठबन्धन उपयुक्त रहेको उनले बताए । सरकारसँग अवसर र चुनौती दुवै रहेको बताउँदै खड्काले अबको केही दिनमै सरकारले पूर्णता पाउने उल्लेख गरे ।

नेपाली कांग्रेसका उपसभापति समेत रहेका खड्काले अब कर्णालीको विकासका लागि केन्द्रबाट पर्याप्त बजेट पाउने समेत बताए । कर्णाली कोरिडोरलाई पहिलो प्राथमिकता रहेको बताउँदै उनले एकैपटक काम सक्ने गरी सबैसँग छलफल भइरहेको बताए । मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको र कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको खड्काको भनाइ थियो ।

उहाँले जनताको शिर झुक्नेगरि आफूले काम नगर्ने बताए । प्रदेश सरकारबारे खड्काले सातै प्रदेशमा वर्तमान गठबन्धनकै सरकार बन्ने र कर्णाली प्रदेश सरकारमा कांग्रेस छिटै सरकारमा जाने बताए । चुनावको बेलमा कर्णालीमा आफू र प्रधानमन्त्री प्रचण्डले जनतामाझ गरेका बाचा र विश्वासलाई मर्न नदिने समेत प्रष्ट पारेका थिए ।