म्याद गुज्रेका खाद्य बस्तु नष्ट
दैलेख : बजार अनुगमनका क्रममा भेटिएका खाद्य बस्तु नष्ट गरिएको छ । माथिल्लो डुंगेश्वरबजारका ३७ वटा खुद्रा, खाद्य, होटल, रेष्टुरेण्ट लगायतका पसलहरुलको अनुगमन क्रममा भेटिएका खाद्य बस्तु नष्ट गरिएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले बिहीवार डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका पसल तथा व्यवसायहरु अनुगमन गरेको थियो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका नासु रुद्र भण्डारीले दर्ता नभई चलेको व्यापार व्यवसाय दर्ता गराउन, दर्ता भएकाहरुलाई नियमित नवीकरण गर्न र राजस्व तिर्न बाँकीहरुले आन्तरिक राजस्व कार्यालयमा राजस्व तिरी कर चुक्ता लिन सुझाव दिइएको जानकारी दिए । उनले पससलहरुमा मूल्यसूची राख्न, म्याद नाघेका खाद्यबस्तु हटाउन, नापतौलको उपकरणहरु दुरुस्त राख्न, सरसफाई र चिजबस्तुको गुणस्तर विषयमा व्यापारीहरुलाई सचेत गराइएको बताए ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका कार्यालय प्रमुख कल्पना खत्रीले स्थानीय नागरिक बाट बजार अनुगमन नगरेको गुनासो आएपछि आफुहरुले बजार अनुगमन गरी अनुगमनका क्रममा भेटिएका म्याद नाघेका बस्तुहरु नियन्त्रणमा लिएर स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको जानकारी दिइन । उनले जिल्ला प्रशासन कार्यलयका प्रतिनिधि र स्थानीय जनप्रतिनिको सहयोगमामा बजार अनुगमन गरिएको र नागरिकलाई सचेत पार्ने काम गरिएको जानकारी दिइन ।साभार ज्वाला सन्देश