Loading... आजः शुक्रबार, बैशाख ५, २०८२
Trending

कर्णाली राजमार्गमा जीप दुर्घटना १४ जना घाइते


दैलेख  :  कर्णाली राजमार्गमा अन्तर्गत पर्ने दैलेखको आठबीस नगरपालिका–१ डाबस्थित जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।कर्णाली प्रदेशको राजधानी सुर्खेत देखी कालिकोटतर्फ जाँदै गरेको क १ ज ५५ नम्बरको डबल क्याप जीप दुर्घटना हुँदा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्सालले दुर्घटनामा परी दुई जनाको अवस्था गम्भीर रहेको जानकारी दिए । उनले कालिकोटको नरहरिनाथ गाउँपालिका–७ का ७ वर्षीय भिषण बोगटी र ३३ वर्षीय दुर्गा बोगटीको अवस्था गम्भीर रहेको डिएसपी लम्सालले जानकारी दिए । सामान्य घाइते भएकाहरूलाई कर्णाली राजमार्ग अन्तर्गत सांगेतडास्थित स्थानीय मेडिकलमा उपचार भइरहेको अन्यलाई उपचारका लागी कर्णाली प्रदेश अस्पतालमा सुर्खेतमा पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार जीप सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ ।